Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डडेल्धुरामा एमालेभन्दा एकीकृत समाजवादी बन्यो ठूलो पार्टी


    बुधबार, कार्तिक २४ २०७८
    870
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • डडेल्धुरा । डडेल्धुरामा नेकपा एमालेभन्दा नेकपा (एकीकृत समाजवादी) पार्टी ठूलो बनेको छ। डडेल्धुराका १६ वटा जनवर्गीय संगठनमध्ये १४ वटा जनवर्गीय संगठन समाहित भएपछि एकीकृत समाजवादी ठूलो पार्टी बनेको हो। 

    साविकको नेकपा एमालेकाे ५१ सदस्सीय जिल्ला कमिटीमध्ये अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिवलगायत ३८ जना समाजवादी पार्टीमा समाहित भएको तत्कालीन एमाले जिल्ला कमिटी सचिव धनबहादुर साउँदले बताए। 

    साउदका अनुसार डडेल्धुराका १६ वटा जनवर्गीय संगठनमध्ये १४ वटा जनवर्गीय संगठन एकीकृत समाजवादी पार्टीमा समाहित भएका हुन्। प्रेस चैतारी नेपाल, अनेम संघ, युवा संघलगायतका १४ भ्रातृ संगठनका प्रमुखसहित बहुमत सदस्य समाजवादीमा आवद्ध भएका हुन्। 

    तत्कालीन एमाले जिल्ला कमिटी डडेल्धुराका अध्यक्ष डा. तारा जोशीसहितको टिमलाई पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले बुधबार पार्टीमा स्वागत गरेका थिए।  

    एमाले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति भंग गर्दै पार्टी कब्जा र कम्युनिष्ट सिद्धान्तको बर्खीलाप गरेकाले आफूलगायतको सिंगो टिम एकीकृत समाजवादी पार्टीमा आवद्ध भएको जोशीकाे भनाइ छ ।

    तत्कालीन एमालेका दुई हजार ९०० कृयाशील सदस्यहरूमा दुई हजार २०० सदस्य समाजवादी पार्टीमा खुलेको नेता जोशीले बताए।

    नेकपा एमालेमा अध्यक्ष ओली र नेता नेपालबीच अन्तरसंघर्ष चलिरहँदा डडेलधुरा अध्यक्ष जोशी नेपाल समूहमा थिए ।  

    एमालेका उपमहासचिव घनश्याम भुसालनिकट जोशी पार्टी विभाजन हुँदा भने पूर्ववत् जिम्मेवारी पाउने अपेक्षामा पार्टीमै रहेका थिए। तर, ‌ओलीले जोशीलाई हटाएर प्रकाश साउँदलाई अध्यक्षकाे जिम्मेवारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार