उदयपुर । कांग्रेस उदयपुर प्रदेश सभा १ (ख) मा सरोज बस्नेत नेतृत्वको प्यानल घोषणा भएको छ । ३ मंसिरमा हुने कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश सभा अधिवेशनका लागि बस्नेतले उम्मेदवारी घोषणा गरेका हुन् । उनी नेपाली कांग्रेस त्रियुगा नगर समितिमा दुई कार्यकाल सभापति भइसकेका छन् ।
प्रदेश सभा १ (ख) को उपसभापतिमा उद्धवबहादुर राउत, चन्द्रबहादुर तामाङ सचिवमा फिरन खड्का, कुवेर ग्रान्जा मगर, सहसचिवमा लक्ष्मणप्रसाद भट्टराई, अर्चना दनुवारले उम्मेदवारी घेषणा गरेका छन् ।
प्रदेश महाधिवेशन प्रतिनिधि खुल्ला साततर्फ उद्धवकुमार थापा, संजीवकुमार केसी, विश्वराज तामाङ, राजन ढकाल, केशर बुढाथोकी, दोधकुमार राई र भरतकुमार दाहालले उम्मेदवारी घोषणा गरेका छन् । यता, महिला खुला तीततर्फ गोमाकुमारी बस्नेत राउत, इच्छा रिजाल, रिता कार्की खड्काले उम्मेदवारी घोषणा गरेका छन् । खस आर्य पुरुषतर्फ नरेश ढकाल, महिलामा गोमा कटुवाल, जनजाति पुरुषतर्फ भक्तबहादुर मगर, जनजाति महिलातर्फ मिराहाङ्ग वान्तावा, थारु प्रतिनिधिमा सत्यनारायण चौधरी र दलित प्रतिनिधिमा ध्रुब साह सोनारले उम्मेदवारी घोषणा गरेका छन् । क्षेत्रीय कार्यसमितिमा निर्वाचित हुने तीन सदस्यतर्फ दुर्गा कठायत, अर्जुन कटुवाल र मिना दनुवारको नाम घोषणा गरिएको छ ।
उदयपुर क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा खगेन्द्र राई, सचिवमा सन्तोष कोइराला र सुशील खत्रील उम्मेदवारी घोषणा गरेका छन् ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend