काठमाडौं । एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीका पछिल्ला अभिब्यक्तिले उनी झन् झन् हल्का हुँदै जान थालेका छन् । महेश बस्नेतहरुको झुन्डले राजनेता भन्दै आएतापनि ओलीका अभिब्यक्तिले उनमा सत्ता गुमेको छटपटी झल्किन थालेको छ ।
ओलीले आज जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराईले बेलायतमा कुन स्रोतले अध्ययन गरिन् भन्ने अभिब्यक्ति पनि विवादमा परेको छ । मानुषीले बेलायतमा अध्ययन गरे नगरेको एकीन नगरी ओलीले बाबुरामले छोरी कुन स्रोतबाट बेलायतमा अध्ययन गराए भन्ने अभिब्यक्ति दिएका थिए । ओलीको उक्त अभिब्यक्ति सार्वजनिक हुनासाथ डा.भट्टराईले सामाजिक संजाल ट्वीटरमा मानुषीले बेलायतमा अध्ययन गरेको पुष्टी गर्न चुनौती दिएका छन् । हचुवाका भरमा दिएको अभिब्यक्तिले ओली नै विवादमा परेका छन् ।
यसअघि ओलीले माओवादीका छर्रा लागेका र गोली लागेका माओवादीको उपचार एमालेले गरिदिन्छ, पार्टी केन्द्रीय कार्यालयमा आउनुस् भन्ने अभिब्यक्तिको काउन्टरमा नेपाली कांग्रेसका युवानेता गगनकुमार थापाले ‘आफ्नै उपचार राज्यकोषबाट करोडौं खर्च गरी गरेका ओलीले कुन मुखले माओवादी लडाकूको उपचार गर्ने भन्न सकेका हुन्’ भनी प्रश्न गरेका थिए ।
ओलीको उपचार राज्यकोषबाट करोडौं खर्च गरी गरिएको त महालेखा परीक्षकको प्रतिवेदनमै उल्लेख छ । तर ओलीले गगन थापाको प्रश्नको जवाफ बिषयान्तर गरी दिएका थिए । आफ्नो उपचार स्वदेशमा नभएकाले विदेश गएको र स्वदेशमा उपचार हुने भएपछि गरेको भनी राज्यकोषबाट करोडौं खर्च गरेकोबारेमा चुईक्क पनि उच्चारण गरेका थिएनन् । ओलीले डा. बाबुराम भट्टराईकी छोरी बेलायतमा अध्ययन गरे नगरेको एकीन नै नगरी हचुवाका भरमा झुटो भाषण गरेकाले उनी कतिसम्म तल्लोस्तरमा उत्रन सक्छन् भन्ने देखाएको छ ।
केपी ओलीले बालकोटमा कुन स्रोतले दरबार ठड्यायो भन्ने प्रश्न गरेमा उनले त्यसको के उत्तर दिन्छन् ? जनताले यति समूहलाई लाभ पुर्याउन राज्यको सम्पत्ति दाइजो सरह दिएबापत बालकोटको दरबार ओलीले ठड्याएका होइनन् भन्ने प्रश्न गर्ने बेला भएन र ?
हैसियतकै कुरा गर्दा बाबुराम पेशाले इन्जिनियर हुन्, बिद्याबारिधी गरेका छन् । सबैलाई थाहा नै होला मानुषी त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर अध्ययनरत रहँदा बिद्यार्थी नेता थिइन् ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend