मोहम्मद हबिब
भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आर्थिक केन्द्रको रूपमा अगाडी बढेको बताएका छन् ।
भैरहवामा निर्माणाधीन विमानस्थलको अवलोकन गर्दै खाँणले विमानस्थल निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै यो हवाई उडानका लागि मात्र नभई पर्यटन आगमन र आर्थिक केन्द्रको रूपमा अगाडी बढेको बताए ।
उनले थाई सरकारले अहिले आफ्ना नागरिकलाई विदेश जान फुकुवा गरेकोले एरो थाईले क्यालिब्रेशन फ्लाइट गर्ने र नगरे भारत सरकारसँग जिटुजी माध्यमबाट क्यलिब्रेशन फ्लाइट गर्न प्रक्रिया अघि बढेकोले छिट्टै क्यालिब्रेशन उडान हुने आश्वासन दिए ।
गृहमन्त्री खाँणले विमानस्थलको सुरक्षाप्रति गृह मन्त्रालय र सुरक्षा निकाय गम्भीर रहेको बताउँदै विमानस्थल आउने यात्रुहरूलाई विमानस्थल सुरक्षित छ भनेर अनुभूति दिलाएर फर्काउने कुरामा गम्भीर रहेको बताए । ‘त्रिपाल टाँगेर भए पनि विमानस्थलमा सुरक्षा प्रदान गर्छौं, सुरक्षा निकायका लागि आवश्यक भवनको निम्ति स्थान छुट्याउनुहोला, तर भवन बिना पनि त्रिपाल टाँगेर भए पनि विमानस्थलमा सुरक्षाको व्यवस्था गरिनेछ,’ उनले भने ।
उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्मा, सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कूलप्रसाद न्यौपानेले तत्कालको लागि क्यालिब्रेशन फ्लाइट नै आवश्यक रहेकोले सरकारले तदारुकता देखाउन आग्रह गरे ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति ९८ प्रतिशतभन्दा बढी रहेको पनि केही परीक्षण त्यससँग लिङ्क भएको काम बाँकी रहेको आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी गराए ।
१५ जनवरी २०१५ मा सुरु भएको आयोजना एडिबीको ४० दशमलव ५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान, ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट्सको ३०.५ प्रतिशत ऋण र नेपाल नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानी अर्थात् ६ अर्ब ८२ करोडको ६ अर्ब ८२ करोड ४० लाख ८६ हजार ८ सय ८४ रुपैयाँ ३२ पैसाको लगानीमा बन्दैछ ।
निर्माणाधीन आइसिबी १ स्तरको विमानस्थल चिनिया कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले गरिरहेको छ । यस्तै आईसिबी–२ अन्तर्गत विमानस्थलमा जडान हुने उपकरणहरूका लागी पनि करिब ५० करोड लगानी छ, आईसिबी–२ अन्तर्गतको काम थाइल्यान्डको एरो थाई कम्पनीले गरिरहेको छ । न्युज कारखाना
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend