काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका कारण न्यायालयको प्रतिष्ठा नै समाप्त प्रायः भएको छ । न्यायालय भ्रष्टाचारको दलदलमा पुगेको छ । राणाबाहेक अरु सबै न्यायाधीशले इजलास बहिस्कार गर्नुपर्ने अवस्था आएको छ । अदालतमा न्यायका लागि करोड होइन करोडौं घुस खुवाउनुपर्ने बाध्यता छ । प्रधानन्यायाधीश राणाले जिल्लादेखि सर्वोच्च अदालतका मुद्दामा पनि हस्तक्षेप गर्दै ‘सेन्टर कलेक्सन’ गरी न्यायाधीशलाई दबाब दिने गरेका कैयौं घटना सार्वजनिक भएका छन् ।
सर्वोच्च अदालतमै आर्थिक सरोकारका मुद्दा, सरकारी जग्गाका मुद्दामा प्रधानन्यायाधीश राणाका भाइ प्रभुशमशेर राणा, ज्वाई बिनय रावल, छोरा सच्चेन्द्रशमशेर राणाहरु पक्ष विपक्ष दुवैतिर सेटिङका लागि मोलमोलाईमा पुग्ने गरेका छन् ।
२०७० देखि क्यासिनो संचालन अन्तरिम आदेशका भरमा गर्न दिने आदेश, अनधिकृत ट्रेडमार्क दर्ताका बिरुद्ध दायर मुद्दा, सहकारी ठगीका मुद्दामा पनि प्रभुशमशेर राणासहितको यो बिचौलिया समूहले सेटिङ गर्ने गरेको छ । सरकारी जग्गा गैरकानुनी दर्ताका बिरुद्ध परेका मुद्दामा त प्रभु शमशेरको समूहको चासो बढी हुने गरेको छ । बैंकले नियम कानुन पुर्याएर लिलाम गरेका जग्गामा पनि ऋणीलाई उचालेर रिट हाल्न लाउने, मुद्दाबाट टुंगिसकेको छ भने पुनरवलोकन गरी निस्सा दिन लाउने धन्दा प्रभुशमशेरहरुबाट हुँदैआएका छन् ।
कर्तब्यज्यान मुद्दामा जेल संजाय भोगिरहेकाहरुसँग जेलमै गएर मोलमोलाई गर्ने कार्य पनि हुँदैआएको छ । ब्यापारिक घरानाको सम्पत्ति बाँडफाँडमा परेका मुद्दामा सम्बन्धित ब्यवसायीको कार्यालयमै गएर चोलेन्द्रशमशेरका भाइ, छोरा र भतिजाहरुले मोलमोलाई गरेका अडियो भिडियो छन् । आफ्नै भाइ, भतिजाका घुस मोलमोलाई गरेका अडियो भिडियो भएकाले प्रधानन्यायाधीश राणाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्दैआएको स्टीङ अप्रेसन गर्न नपाउने आदेश दिएका छन् । उजुरी पर्दा उनकै भाइभतिजा नै फस्ने भएपछि उनले अख्तियारले गर्दैआएको स्टीङ अप्रेसनबिरुद्ध आदेश दिएको न्यायसेवाका कर्मचारीले नै भन्ने गरेका छन् ।
कार्यपालिकासँगको राजनीतिक भाग खोजेर न्यायालयलाई बद्नाम गराएका राणाबिरुद्ध कानून व्यबसायीहरु, नेपाल बार एसोसियसन र सर्वोेच्च अदालतकै न्यायाधीसहरु मोर्चाबन्दी गरेर राजीनामा माग्दा समेत राणा पद जोगाउन अनेक खेल खेलिरहेका छन् । उनले राजनीतिक दल निकट वकिलहरुका संगठनका अध्यक्षलाई न्यायाधीशको ललिपप देखाउँदै उनको पक्षमा तान्न खोजेका छन् ।
श्रीमती हत्याका आरोपी सशस्त्र प्रहरीका पूर्व डिआईजी रञ्जन कोइरालाको कैद सजाय कटौती गर्ने फैसलापछि राणाबिरुद्ध गत बर्ष नागरिक समाज आक्रोशित भएर सडकमा आएको थियो । त्यसपछि पुनरालोकन निवेदन दर्ताका लागि निस्सा दिए पनि १५ महिनासम्म पेशी नै नराखेको जगजाहेर नै छ । प्रधानन्यायाधीश राणाका एक होइन, धेरै आदेश विवादित, आर्थिक लाभका आधारमा भएका छन् । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले आफूले गरेका फैसला अध्ययन गर्न चुनौती नै दिएका छन् । राणाले उच्च अदालत बिराटनगरमा हुँदादेखि विशेष अदालत र सर्वोच्चको न्यायाधीश हुँदै प्रधानन्यायाधीश हुँदा गरेका फैसला अध्ययन गर्ने हो भने त उनी न्यायाधीशका लागि सर्वथा योग्य होइनन् भन्ने प्रष्ट हुन्छ । राणा जस्तालाई न्यायाधीश बनाएकै कारण आज नेपालको न्याय क्षेत्रको यो दुर्गति हुन पुगेको कुरामा सबै जानकार छन् । तर फेरि पनि यस्तै पात्रलाई एमाले र त्यो पार्टीका अध्यक्ष खड्गप्रसाद ओलीले साथ दिएका छन् ।
राणा न्यायिक टिप्पणी भएका ब्यक्ति हुन् । उनले पूर्वमन्त्री जयप्रकाशप्रसाद गुप्तालाई भ्रष्टाचार आरोपमा हचुवाका भरमा सफाइ दिएकाले कारबाही गर्न सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशद्वय सुशीला कार्की र तर्कराज भट्टले आदेश दिएका थिए । तर तिनै न्यायिक टिप्पणी भएका राणालाई नरहरि आचार्य जस्ता ब्यक्ति कानुन मन्त्री भएको बेला न्यायाधीश नियुक्ति गरियो, त्यो पनि ४ बर्ष प्रधानन्यायाधीश हुनेगरी ।
राणामाथि तत्कालीन प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले कारबाही गर्नुपर्ने कुरा उठाएका थिए । श्रेष्ठ निवर्तमान भएपछि पनि सर्वोच्च अदालतका न्यायाधीश बनाउनु हुन्न भनेर संसदीय सुनुवाइमा कुरा उठ्यो । तत्कालीन एमाले र माओवादीका सांसदहरुले उनको विपक्षमा मतदान गरे । तर, एमाले र माओवादी पार्टी एक भएपछि तिनै राणालाई प्रधानन्यायाधीश बनाए । पर्साको छपकैया पोखरीदेखि तनहुँको भीमाद नगरपालिकाको १४ सय रोपनी सार्वजनिक जग्गा गैरकानुनी दर्ता गर्न आदेश दिने पनि राणा नै हुन् । भीमादको सरकारी जग्गामा बनेको स्कुललाई मोही बनाएर उनले जग्गा अतिक्रमण गर्नेहरुलाई मिलापत्रमा पठाएका छन् । जुन स्कुलका ब्यवस्थापन समितिका पदाधिकारी र स्कुलक प्रधानाध्यापक नै जग्गा अतिक्रमणकारी हुन् ।
राणा प्रधानन्यायाधीश भएपछि अदालतविरुद्ध जनता सडकमा आउनुका पछाडि उनी र उनका भाइकै यी र यस्ता गतिविधि प्रमुख कारण रहेका छन् । प्रभुशमशेर जबराले सर्वाङ्गै हुनेगरी खुल्लमखुल्ला गरेका सेटिङ र न्यायको किनबेचले नेपालको न्यायालयको गरिमा धुलिसात भएको छ । न्यायालयप्रति जनताको भरोसा उडेको छ । बिहान–बिहान सधैैं दाइ चोलेन्द्रको निवास बालुवाटारमा हुने र दिउँसो उनी बानेश्वरस्थित आफ्नै आइपेक्स कम्प्लेक्समा बसेर डिल गर्दछन् । राणा प्रधानन्यायाीश भएपछि सेटिङकै रकमले निर्माण भएको उक्त मलमा सुधीर बस्नेत, दीपक तिमल्सिना जस्ता उपबिचौलियाहरुको आउजाउ बाक्लै हुने गरेको छ ।
सहकारीमा बचतकर्ताको १६ अर्ब ठगी गरेका सुधीर बस्नेतलाई समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिको कार्यालयले थुनामा पठाएको थियो । तर प्रभुशमशेर राणाले सेटिङ गरी उनका भेगासिटी लगायतका परियोजनामा ५० प्रतिशतको सेयर लिने सहमति गरे । दाजु चोलेन्द्रले भाइको सेटिङ अनुसार सुधीर बस्नेतलाई २०४८ को सहकारी ऐन अनुसार मात्र कारबाही गर्न मिल्ने, २०७२ को सहकारी ऐन आकर्षित नहुने अनौठो आदेश दिई तुरुन्त थुनामुक्त गर्न आदेश दिए । त्यसपछि समस्याग्रस्त सहकारीमा ओरेन्टल सहकारीको रकम फिर्ता हुने अपेक्षा गरेका पीडितहरुले न्याय पाउने ढोका नै बन्द भयो । हजारौं बचतकर्ताको १६ अर्ब रकम फिर्ता नै नगरी सुधीर बस्नेत खुलेआम हिंडन पाएका छन् ।
प्रभुशमशेर मुद्दा परेका घर जग्गाहरु सस्तोमा किन्ने र महंगोमा बेच्ने खेलमा लाग्दैआएका छन् । प्रभुशमशेरले सात करोडमा ठमेलमा एक घर किने । सात करोडमा उनले घर किनेको भए पनि कर छल्न साढे चार करोडमा पास गरेका थिए । ठमेलको उक्त घर मुद्दा परेकाले उनले मुद्दा मिलाएर बेच्नै भन्दै खरिद गरेका थिए ।
उच्च अदालतका एक न्यायाधीशले नै मुद्दा हाल्नेहरुलाई धम्क्याएको सार्वजनिक भएको थियो । जुन कुरा एक भिडियोबाटै खुलेको थियो । प्रभुशम्शेरले दाजु अदालत प्रवेशपछि यति धेरै स्रोत नखुलेको कालो सम्पत्ति थुपारेका छन् कि त्यो सम्पत्ति धमाधम बिक्री गर्दै धमाधम भाटभटेनी सुपरस्टोर्सका संचालक मीनबहादुर गुरुङमार्फत् युएई र अमेरिकामा पठाएका छन् । बालुवाटारको २२ आना जग्गा हालसालै बिक्री गरिसकेका छन् । कालिकास्थानको सिल्भरसिटी अपार्टमेन्टका २ खण्ड पनि उनले ८ करोडमा बिक्री गरिसकेका छन् । यसैगरी उनले सेटिङबाट दुनियाँलाई रुवाएर लिएको सम्पत्ति बिक्री गर्दै विदेशतिर पठाउने कार्यलाई तीव्रता दिएका छन् ।
सम्पत्ति शुद्धिकरण विभागले प्रभुशमशेर र चोलेन्द्रशमशेरको सम्पत्ति छानबिन गरे अकल्पनीय विवरण फेलापर्नसक्ने सर्वोच्चकै न्यायाधीशहरुलाई थाहा छ । तर सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग टोले गुण्डा र खरिदार सुब्बाहरुको सम्पत्ति छानबिन गर्नमै सीमित छ । विवादास्पद घर जग्गा खरिद गर्ने र अदालतमा मुद्दा मिलाएर बेच्ने प्रभुशम्शेरको गिरोह नै काठमाडौंमा सक्रिय रहेको स्रोत बताउँछ । यस्तो गिरोहमा ठूला भू–माफियाहरु समेत छन् ।
तस्वीरः चोलेन्द्रशमशेर राणा र प्रभुशमशेर राणा
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend