संखुवासभा। अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी जनार्दन शर्मा (प्रभाकर) ले संखुवासभाको किमाथांका नाका र अरुण करिडोर चाँडै सञ्चालनमा ल्याउने बताएका छन् । किमाथांका नाका खोल्न सरकार अग्रसर भएको उनले बताए ।
प्रेस सेन्टर नेपाल संखुवासभाले बुधबार सदरमुकाम खाँदवारिमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले किमाथांका नाका सरकारले व्यवस्थित गरेर चाँडै खोल्ने बताए ।
सुनसरिको चतरादेखि संखुवासभाको किमाथांकासँगै अरुण करिडोरको काम सरकाले चाँडै सुरु गर्ने अर्थमन्त्री शर्माले बताए । संखुवासभाका लागि महत्त्वपूर्ण सडक आयोजना अरुण करिडोर नै भएको उनले बताए ।
अरुण करिडोर आयोजनाका लागि विश्व बैंकसँग पनि कुरा भइरहेको अर्थमन्त्रीले बताए । अर्थमन्त्री शर्माले पत्रकार सम्मेलनमा किमाथांका नाकासम्म सडक निर्माण र भन्सार व्यवस्थित बनाउन सरकारले महत्त्वका साथ हेरेको बताए ।
छिमेकी देश चीनसँग बाह्रै महिना नाका सञ्चालन हुने यस नाकासम्म पुग्ने सडक निर्माण गर्न सरकार प्रतिबद्ध अर्थमन्त्री शर्माको भनाइ छ । ‘सम्मेलनमा पाँच दलको गठबन्धनको सरकार निरन्तर चल्नेमा शंका नगर्नुहोला । र, सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराका बारेमा गठबन्धनले छलफलमार्फत समाधान खोज्ने छ’, उनले भने ।
उनी संखुवासभा जिल्लामा नेकपा माओवादी कार्यकर्तालाई प्रशिक्षण दिन मंगलबार आएका हुन् । मन्त्री शर्माले सरकारी कार्यालयका प्रमुख, राजनीतिक दल, जनप्रतिनिधि, उद्योगी व्यापारीसँग छलफलसमेत गरेका थिए । न्युज कारखाना
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend