Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • बाध्यताले सरकारमा गएका हौं : कार्यवाहक प्रधानमन्त्री खाँड


    मंगलबार, कार्तिक १६ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • इलाम।कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँडले आफूहरू बाध्यताले सरकारमा गएको बताएका छन् । बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि इलाम सदरमुकाममा पत्रकारसँग कुरा गर्दै खाँडले दुई तिहाइको सरकार ढलेपछि बाध्यताले कांग्रेसले सरकारको नेतृत्व गरेको खाँडको भनाई छ । 

    ‘सरकारको नेतृत्व हाम्रो रहर होइन, बाध्यता हो’, खाँडले भने । खाँडले बाढीपहिरोले क्षति पुर्‍याएका संरचनाको पुनर्निर्माणमा लाग्नुपर्ने बताएका छन् । 

    बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि खाँडले भत्किएको संरचनाको पुनर्निर्माणमा जुट्नुपर्ने बताएका हुन् । वर्षाका कारण सडकको धेरै ठाउँमा पहिरोले क्षति पुगेको छ ।

    पहिरोले घरहरूमा समेत क्षति पुर्‍याएकाले चाडै ती संरचना निर्माणमा लाग्नुपर्ने मन्त्री खाँडको भनाई छ । गृहमन्त्री खाँड प्रधानमन्त्री देउवा निरीक्षणमा आएको एक सातापछि बाढीपहिरो प्रभावित क्षेत्रमा पुगेका हुन् । 

    पुनर्निर्माणको योजना बनाएर कार्यान्वयन गर्न आफूहरूले प्रभावित क्षेत्रको निरीक्षण गरेको खाँडले जानकारी दिए । निरीक्षण टोलीमा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष विश्व पौडेल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्रधिकरणका प्रमुख कार्यकारी अनिल पोख्रेल, सडक विभागका महानिर्देशकलगायतको टोलीले इलाम र पाँचथरको प्रभावित क्षेत्रको निरीक्षण गरेको हो ।न्युज कारखाना

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार