Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानन्यायाधीश विवाद: आजदेखि ३ दिनसम्म कालोपट्टी बाँधेर विरोध गर्ने बारको तयारी


    आइतबार, कार्तिक १४ २०७८
    715
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल बार एशोसिएशनले आजदेखि ३ दिनसम्म प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै विरोधका कार्यक्रमहरु घोषणा गरेको छ । 

    जस अनुसार बारले प्रधानन्यायाधीश जबराको राजीनामाको माग गर्दै कालोपट्टी बाँधेर विरोध गर्ने भएको छ।

    ‘मिति २०७८ कार्तिक १४/१५/१६ र १७ गतेका दिनसम्म प्रत्येक दिन बिहान १०ः०० बजेदेखि ११ः०० बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधी विरोध कार्यक्रम गर्ने र सो कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन काठमाडौं उपत्यकाकामा रहेका बार एकाईका कानून व्यवसायीज्यूहरु लगायत सम्पूर्ण कानून व्यवसायीज्यहरुलाई अनुरोध गर्ने,’ शुक्रवार बारले गरेको निर्णयमा भनिएको छ।

    बारले यो तिहारअघिका आन्दोलनको कार्यक्रम भएको बताएको छ । त्यसैगरी प्रधानन्यायाधीशलाई इजलासमा नबस्न अनुरोध गर्नेसमेत बताइएको छ ।

    यस्तो छ बारले तय गरेको विरोधका कार्यक्रमहरु

    • मिति २०७८ कार्तिक १४/१५/१६ र १७ गतेका दिनसम्म प्रत्येक दिन बिहान १०ः०० बजेदेखि ११ः०० बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधी विरोध कार्यक्रम गर्ने र सो कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन काठमाडौं उपत्यकाकामा रहेका बार एकाईका कानून व्यवसायीज्यूहरु लगायत सम्पूर्ण कानून व्यवसायीज्यहरुलाई अनुरोध गर्ने।
    • मिति २०७४/०७/१६ गते सर्वोच्च अदालत प्राङ्गणमा धर्ना तथा विरोध सभा गर्ने।
    • न्यायपालिकाको वर्तमान अवस्था र नेपाल बार एसोसिएसन(नेबाए)को निर्णयको बारेमा ९० वटै बार एकाईहरुमा परिपत्र गर्ने र नेबाएको निर्णय कार्यान्वयन गर्न अनुरोध गर्ने।
    • नेबाएका ९० वटै बार एकाईहरुका अध्यक्ष र सचिवज्यूहरुसँग भर्चुयल (जुम) मार्फत छलफल, अन्तरक्रिया र सुझाव सङ्कलन गर्ने।
    • उल्लेखित कार्यक्रम अवधिभित्र पनि राजीनामा नआएमा थप विरोधका कार्यक्रमहरु घोषणा गर्ने।
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार