काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनको राष्ट्रिय महाधिवेशन मंसिरमा हुने भएको छ ।
अध्यक्षत्रय कमल थापा, पशुपति शम्शेर जबरा र प्रकाशचन्द्र लोहनीको उपस्थितिमा बिहीबार बसेको केन्द्रीय विशेष समिति बैठकले पार्टीको केन्द्रीय महाधिवेशन ११-१३ मंसिरमा राजधानी काठमाडौंमा गर्ने निर्णय गरेको हो ।
बैठकले महाधिवेशनको तयारीअन्तर्गत सक्रिय सदस्य बनाउने अवधि १५ कात्तिकसम्म बढाउने निर्णय गरेको छ । त्यसैगरी केन्द्रीय निर्वाचन समितिले २६ कात्तिकभित्र सक्रिय सदस्यको नामावली जिल्लामा पठाउने, सक्रिय सदस्यको दाबी विरोध २७-२९ कात्तिकसम्म गर्ने, अन्तिम नामावली ३० कात्तिकमा प्रकाशन गर्ने र सक्रिय सदस्यहरुको नामावली पार्टीको वेबसाइट तथा जिल्ला पार्टी कार्यालयमा राखि सार्वजनिक गर्ने निर्णय गरेको केन्द्रीय सचिवालय प्रमुख भास्कर भद्राले जानकारी दिए ।
उनकाअनुसार जिल्ला अधिवेशन २३ कात्तिकभित्र सम्पन्न गर्ने निर्णय भएको छ । त्यसैगरी सातवटै प्रदेशबाट प्रदेश कार्य समितिको निर्वाचन २८ कात्तिकमा गर्ने निर्णय भएको छ ।
सक्रिय सदस्यहरुबाट महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन १-३ मंसिरमा गर्ने, जिल्ला कार्य समितिसँग समन्वय गरि प्रदेशसभा निर्वाचन क्षेत्रीय कार्य समितिले निर्वाचनका लागि आवश्यक व्यवस्थापन गर्ने निर्णय भएको छ ।
केन्द्रीय समिति बैठकले महाधिवेशनको तयारीको लागि विभिन्न समितिहरु गठन गरेको छ । आवश्यकताअनुसार सदस्यहरु थप गर्न सक्नेगरी ९ वटा समिति गठन गरिएका छन् ।
पशुपति शम्शेर जबराको नेतृत्वमा गठन गरिएको सामाजिक कार्यपत्र तयारी समितिमा ठाकुर शर्मा, रोशन कार्की, राजेश गिरी सदस्य छन् ।
प्रकाशचन्द्र लोहनीको संयोजकत्वमा गठित आर्थिक कार्यपत्र तयारी समितिमा उद्धव पौडेल र डा. विष्णु भण्डारी सदस्य छन् ।
कमल थापाको संयोजकत्वमा राजनीतिक कार्यपत्र तयारी समितिमा रामशरण पाठक, भरतजंग उप्रेती, भक्तिप्रसाद सिटौला सदस्य छन् ।
कार्यक्रम तथा व्यवस्थापन समितिमा ध्रुवबहादुर प्रधान संयोजक र भास्कर भद्रा, भुवन पाठक, भरत गिरी सदस्य छन् ।
भोजन व्यवस्थापन समितिमा चन्द्रबहादुर गुरुङ र गणेश चन्द छन् । स्वास्थ्य समितिमा नीलकण्ड काफ्ले, श्यामप्रसाद तिमिल्सिना छन् ।
प्रचार प्रसार समितिमा राजेन्द्र गुरुङ, मोह श्रेष्ठ, सगुनसुन्दर लावती, जनकराज पाठक, गोपाल पौडेल छन् ।
स्वागत समितिको जिम्मा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनलाई दिइएको छ ।
स्वयंसेवक परिचालन समितिमा भरत रायमाझी, रवीन्द्र प्रताप शाह, प्रकाश रिमाल, राजु लोहनी, धनसुर शाही, महेशबहादुर सिंह रहेका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend