ताप्लेजुङ । नेकपा (एमाले)ले ताप्लेजुङका नौमध्ये सात स्थानीय तहमा नेतृत्व चयन गरेको छ । मेरिङ्देन गाउँपालिका र सिदिङ्वा गाउँपालिकामा अधिवेशन क्रमशः १२ र २७ कात्तिकमा हुने भएको छ ।
नेतृत्व चयन भएका सातमध्ये ६ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको छ भने मैवाखोला गाउँपालिकामा निर्वाचन भएको छ ।
अधिवेशन सुरु भएको दुई दिनपछि फुङ्लिङ नगरपालिकामा भरतकुमार गुरुङको अध्यक्षतामा सर्वसम्मत कमिटी चयन भएको छ । उपाध्यक्षमा ज्ञानु लावती, सचिवमा राजेश प्याकुरेल, उपसचिवमा मीना आचार्य बराल र डिल्लीप्रसाद घिमिरे चयन भएका छन् ।
मैवाखोला गाउँपालिका अध्यक्षमा लालकाजी वनेम निर्वाचित भएका छन् । त्यहाँ दिवस चोङ्वाङ र गणेश प्रसाईँसमेत अध्यक्षका प्रतिस्पर्धी थिए । उपाध्यक्षमा आसा थोप्रा, सचिवमा रुपेन्द्र वनेम, उपसचिवमा चिरिञ्जीवी चोङ्वाङ र रुपनारायण घिमिरे निर्वाचित भएका छन् ।
मिक्वाखोला गाउँपालिकामा दिवस लिवाङ अध्यक्षमा सर्वसम्ममत चयन भएका छन् । उपाध्यक्षमा प्रताप साँवा, सचिवमा लक्ष्मी थलङ र उपसचिवमा तोम अधिकारी चयन भएका छन् ।
पाथीभरा याङ्वरक गाउँपालिकामा बिक्रम मेन्याङ्वो अध्यक्ष रहेको कमिटी बनेको छ । उपाध्यक्षमा भीम साम्सोहाङ, सचिवमा लोकनाथ खतिवडा र उपससचिवमा पूर्ण तिवारी चयन भएका छन् ।
सिरिजंगा गाउँपालिकामा सन्तोष चाम्लिङ अध्यक्ष रहेको कमिटी बनेको छ । कमिटी उपाध्यक्षमा इन्द्र घतानी, सचिवमा पूर्ण डाँगी, उपसचिवमा नवीन थेबे र दीपेन्द्र लिम्बू चयन भएका छन् ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend