Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माधव नेपाल भन्छन्: चुनावपछि एमालेलाई टर्च बालेर खोज्नुपर्छ


    बुधबार, कार्तिक १० २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सर्लाही । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले चुनावपछि नेकपा एमालेलाई टर्च बालेर खोज्नुपर्ने बताएका छन् ।

    बुधवार सर्लाहीको लालबन्दीस्थित बोहोरेडाँडामा प्रदेशस्तरीय पुष्पलाल स्मृति पार्कको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफूलाई सिंगो नेकपा एमाले ठान्ने ओली प्रवृतिलाई घुडा टेकाएर नयाँ पार्टी गठन गरेको बताए । मैथिली भाषामासमेत सम्बोधन गरेका अध्यक्ष नेपालले अब भविष्य भएको एकमात्र पार्टी नेकपा (एकीकृत समाजवादी) भएको दाबी गरे ।

    सम्बोधनको क्रममा अध्यक्ष नेपालले पार्टी नयाँ भए पनि कम्युनिस्ट पार्टीको असल विचार र नीति लिएर आफूहरु अगाडि बढेको बताए । सिधा/सोझा जनतालाई ठग्ने, चुस्ने नीति लिएका जो कसैलाई नछाडिने उनको चेतावनी थियो । अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली जनताको चाहनाभन्दा पनि लम्पसारवादको पछि लागेको आरोप लगाए । 

    कार्यक्रमका दौरान पुष्पलालको शालिक अनावरण गरेपछि अध्यक्ष नेपालले उनको योगदानको खुलेर प्रशंसा गरे । कार्यक्रमको धेरैजसो समय ओलीप्रति खनिएका उनले पार्टीलाई विधि र पद्धतीमा चल्न नदिएर जथाभावी गर्ने केपी ओली को हुन्? भनेर प्रश्न समेत गरे । देशमा ओली प्रवृति हावी भएपछि पटक पटक संविधानको रक्षाको लागि दिनरात लागेको स्मरण गरे । 

    कामभन्दा पनि कुरो धेरै गरेर ओलीले देशका नागरिकलाई बेवकुफ बनाएको भन्दै कटाक्ष गरे । ‘काम केही गर्नु छैन,’ उनले भने, ‘गफाडीले झै कुरामात्र गरिरह्यो ।’ जनताको मर्म र भावनाअनुसार जनताको भविश्य कोर्ने कलम लिएर नेकपा (एस) आएको उनले जिकिर गरे ।

    विभिन्न कार्यक्रममा सहभागी हुन मंगलवार नै सर्लाही आइपुगेका अध्यक्ष नेपाल पार्क उद्घाटनपश्चात काठमाडौं लागेको नेकपा(एस) जिल्ला कमिटीले जनाएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार