बुटवल । रुपन्देहीका १६ स्थानीय तहमध्ये १२ वटामा एमालेले सर्वसम्मत नेतृत्व चयन गरेको छ । बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका तथा शुद्धोधन, गैंडहवा, कन्चन, कोटहीमाई, ओमसतिया, रोहिणी, मर्चवारी, समरीमाई र मायादेवी गाउँपालिकाको प्रथम अधिवेशनबाट एमालेको नेतृत्व सर्वसम्मत भएको हो ।
बुटवल उपमहानगर कमिटीको अध्यक्षमा किसन ज्ञवाली सर्वसम्मत चयन भएका छन् भने उपाध्यक्षमा शोभाखर पोखरेल चयन भएका छन् ।
सैनामैना नगरपालिकाको प्रथम नगर अधिवेशनबाट टेकनारायण न्यौपाने सर्वसम्मत अध्यक्ष चुनिएका छन् । नगर कमिटी अध्यक्षका लागि बहालवाला नगर अध्यक्ष न्यौपानेसँगै शालिकराम भण्डारी र जिवनाथ पाण्डेले दावी पेस गरेकामा न्यौपाने सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।
नगर कमिटीको उपाध्यक्षमा टमबहादुर पुर्जा, सचिवमा बुद्धिराम चौधरी, उपसचिवद्वयमा सविता भुसाल भण्डारी र लेखनाथ खनाल चयन भएका छन् । अधिवेशनले ७५ सदस्यीय कार्यसमिति चयन गरेको निर्वाचन समितिका सदस्य अमृत गिरीले जानकारी दिए ।
लुम्बिनी सांस्कृतिककाे नगर अध्यक्षमा निसार अहमद सर्वसम्मत चुनिएका छन् । उपाध्यक्षमा जगदिश यादव, सचिवमा कल्पना हरिजन, उपसचिवमा हरिकेश लोंध र नगेन्द्र लोंध चयन भएका छन् । अधिवेशनले ५५ सदस्यीय नगर कमिटी चयन गरेको छ ।
गैंडहवा गाउँ कमिटी अध्यक्षमा भुवन राना र कन्चन गाउँ कमिटी अध्यक्षमा दिनानाथ आचार्य सर्वसम्मत चुनिएका छन् । कोटहीमाई गाउँपालिका अध्यक्षमा राजकुमार गौण, ओमसतिया गाउँ कमिटी अध्यक्षमा इन्द्रकुमार गुरुङ र रोहिणी गाउँ कमिटी अध्यक्षमा सुनिलकुमार कौशल चुनिएका छन् ।
मर्चवारीमा केशरनाथ गिरी, समरीमाईमा इनुक मुसलमान र मायादेवी गाउँ कमिटीमा साधुशरण साहनी अध्यक्षमा निर्विरोध चयन भएको एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख मोहन चापागाईंले जानकारी दिए ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend