काठमाडौं। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली चुनावी तयारीमा होमिएका छन् । उनी वर्तमान संसदले निकास राजनीतिक निकास दिन नसक्ने भन्दै ताजा जनादेशमा जानुपर्ने बताउँदै आएका छन् ।
सत्तासीन नेपाली कांग्रेसको एउटा तप्का नै मध्यावधि (अर्ली इलेक्सन) मा जानुपर्ने लवइङ गर्दै आएको र गत साता गृहप्रदेश सुदूरपश्चिम जाँदा धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवाले ताजा जनादेशबारे सत्ता गठबन्धनसँग छलफल गर्ने बताएपछि ओली झनै हैसिएका हुन् ।
किनकि अहिल्यै अवस्थामा वैशाखभित्र मध्यावधि चुनाव भएमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीभन्दा आफ्नो पार्टी एमालेले अगाडि हुने ओली पक्षीय आँकलन छ । सत्ता गठबन्धन चुनावी गठबन्धनमा परीणत नहाेस् भन्ने चाहन्छन्, ओली ।
आगामी वैशाखभित्र स्थानीय तहकाे चुनाव गर्नुपर्ने प्रस्ताव निर्वाचनआयाेगले गरिसकेकाे छ । चुनावकाे खर्चमा मितव्ययिता अपनाउन तीन तहकै चुनाव एकैपटक गर्नुपर्ने माग पनि उठिरहेका बेला ओलीले गृहजिल्ला झापाबाट चुनावी माहोल बनाउन थालेका छन् ।
एमाले झापाका जिल्ला अध्यक्ष चिन्तन पाठककाअनुसार पछिल्लो समय ओलीको गृहजिल्ला आउजाउ बढेको छ । पछिल्लोपटक दुईदिवसीय यात्राका क्रममा आइतबार झापा पुगेका ओलीले भाषणभन्दा पनि भेटघाट तथा अरुको कुरा सुन्नमै समय व्यतित गरे । भद्रपुर विमानस्थल हुँदै ओली सुरुमा आफ्नो पिता मोहन ओलीको निवास भद्रपुर-१ पृथ्वीनगर पुगे । जहाँ उनका ९३ वर्षीय पितासँगै भाइ बुहारी बस्छन् ।
ओली आफ्नो पुर्ख्यौली निवास पुग्दा उक्त घर पार्टी कार्यालयजस्तै देखिन्थ्यो । आफन्त, छरछिमेक र नेता कार्यकर्ता तथा शुभचिन्तकको भीड लागेको थियो । ओलीले भ्याएसम्म शुभचिन्तक तथा छिमेकीसँग तस्बिर खिचाउने र सञ्चोबिसञ्चो भलाकुसारी गरे । कतिसम्म भने एकजना महिला शुभचिन्तक कुमारी लिम्बुले सधै फोटोमा मात्रै देखेको भन्दैमास्क खोल्न आग्रह गर्दा ओलीले मास्कमात्रै खोलेनन् नजिकै बोलाएर तस्बिर पनि खिँचाए । के कसो भनेर हालखबर सोधे ।
त्यहाँबाट बिर्तामोडस्थित बृहत् पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथि बनेर पुगेका ओलीले चुनावी शैली अपनाए । एकातिर सुवास नेम्वाङ, अग्नी खरेल, भानुभक्त ढकाल लगायत टीका लगाएर पार्टी प्रवेश गराउँदै थिए भने अर्कोतिर ओली मञ्चमा बच्चादेखि वृद्धसम्म भेट्दै फोटो खिँच्दै थिए । दूधे बालकलाई काखमा राख्नेदेखि वृद्ध आमाबाट आशिर्वाद लिनसम्म भ्याए । एकातिर नेताहरु भाषण गर्दै थिए भने ओलीको ध्यान नेता कार्यकर्ताका छोराछोरी बोलाएर मञ्चमै तस्बिर खिचाउने, वृद्धवृद्धाबाट आशिर्वाद लिने, युवासँग भलाकुसारी गर्नमै वित्यो । कतिसम्म भने दुईजना किशोरीले पेन्सिलले कोरेको आफ्नो चित्रसहित फ्रेम तस्बिर ग्रहण गर्न भ्याए । किशोरीको पढाईबारे सोध्दै धन्यवाद दिए ।
कांग्रेसबाट संविधानसभा सदस्य रही एमाले प्रवेश गरेका अमृतराज रावकी वृद्ध आमाको हातबाट पनि आशिर्वाद लिन भ्याए ओलीले । अमृतकी आमाले ओलीको शीरमै हात राखेर सफल हुनु, फेरि प्रधानमन्त्री बन्नु भन्ने आशिर्वाद दिइन् । उनले आशिर्वाद दिँदा टाउकोमै हात राख्दा ओलीको ढाका टोपी खल्बलियो । ओलीले टोपी उतारे । फेरि मिलाएर लगाए ।
यो समारोहमा ओली धेरै बोलेनन् । उनले दुर्गा प्रसाईदेखि लेखराज भट्ट, सुवास नेम्वाङसम्मबोल्न अघि सारे । आफू थोरै बोले । अन्य कार्यक्रममा घण्टौं बोल्ने ओली यहाँ भने बोल्ने भन्दा अनौपचारिक रुपमा भेट्ने र अरुका कुरा सुन्नमा केन्द्रीत रहे । सम्बोधनका क्रममा पनि उनी विपक्षीप्रति त्यति आक्रामक देखिएनन् । बरु एमाले पार्टी कस्तो हो, के के काम गर्योक, अब देश बनाउने एमाले नै हो, अरुले सक्तैन भन्ने खालको धारणा राखे ।
कलाकारको प्रस्तुति
पछिल्लो झापा भ्रमणमा अध्यक्ष ओलीले काठमाडौंबाटै कलाकार पनि साथै लगेका थिए । हाँस्य कलाकार राजा राजेन्द्र अर्थात राजेन्द्र पोखरेल, गायिका पूर्णकला बिसी पनि झापा जाँदा एकै जहाजमा सँगै थिए । भद्रपुर विमानस्थलबाट काठमाडौं उड्न लागेका तक्मे बुढोको नामले परिचित विल्सन विक्रम राईलाई पनि फ्लाइट क्यान्सिल गर्न लगाएर रोके ।
बृहत् पार्टी प्रवेश कार्यक्रममा तिनै जना कलाकारले प्रस्तुति दिए । नेता कार्यकर्तालाई मनोरञ्जन गराए । राजा राजेन्द्र र विल्सनको प्रस्तुतिमा ओली पनि कार्यकर्तासँगै रमाइलो मानेर हाँसेका थिए । यसरी चुनावी तयारीअन्तर्गत ओलीले कलाकार पनि मैदानमा उतारेका थिए । कलाकार ओली सँगसँगै थिए ।
गृहजिल्लामा ओली आफ्नो यात्रामा क्रममा बीचरबीचमा बाटोमा गाडी रोकेर नेता कार्यकर्ता भेट्ने र संक्षिप्त संवाद गर्नमा पनि सक्रिय रहे । ओली झापा झर्दा साढे ५ हजार बढी नेता कार्यक्रम पार्टी प्रवेश गरेको एमाले झापाको दाबी छ ।
गृहजिल्लामा रहँदा ओली सामान्य उद्घाटन कार्यक्रममा पनि सरिक भए । गौरादह नगरपालिकामा ओलीले नमूना पाहुना घर तथा नमूना ज्येष्ठ नागरिक मिलन केन्द्रको उद्घाटन गरे । यहाँ पनि उनले स्थानीय उत्पादन प्रदर्शनी तथा प्रवर्द्धन गर्न आएका महिलासँग उत्पादित वस्तु हेर्दै भलाकुसारी गरे । स्वरोजगार बनेको भन्दै प्रशंसा पनि गरे । कार्यक्रम सम्बोधनका क्रममा आफूले गरेका विकास निर्माणका कामको फेरिहस्त सुनाए । गौरिगंजको पार्टी प्रवेश कार्यक्रममा पनि सहभागी भए ।
सधै सुरक्षा घेराभित्र रहने, डिस्टेन्स मेन्टेन गर्ने अध्यक्ष ओली यसपालि भने गृह जिल्लामा खुलेरै शुभचिन्तक भेटघाटमा सक्रिय भएको देखिए । उनले गृहजिल्लाबाट आफू चुनावी तयारीमा लागिसकेको एक खालको सन्देश पनि दिएका छन् ।
दुईपटक संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गर्दा पनि अदालतले रोक लगाएका बेला वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले जुनसुकै बेला चुनाव घोषणा गर्नसक्ने आंकलन ओलीको रहेको उनका निकटस्थ बताउँछन् । त्यसमाथि फागुनमा तीनवटै तहको निर्वाचन एकैचरणमा सम्पन्न गर्ने चर्चाले ओलीमा उत्साह ल्याएको छ । त्यसैले ओलीले आफ्नो जिल्लाबाट, आफ्नो ५ नम्बर निर्वाचन क्षेत्रबाट चुनावी माहोल तताउने जमर्को गरेका छन् ।
झापामा ओलीको रणनीति बुझेका एक नेताले भने, ‘बा ले आफ्नो जिल्लामा चुनावी तयारी लगभग सिध्याइसके । अब चुनाव घोषणा भयो भने देशैभरी बा भिड्नुपर्छ । यता आउने समय हुन्न । त्यसैले उहाँ अहिले आफ्नो जिल्ला केन्द्रीत हुनुभएको छ ।’ एमालेको औपचारिक चुनावी अभियान चितवनबाट सुरुआत हुने पनि उनले बताए । १०औं महाधिवेशन एमालेको आधिकारिक चुनावी तयारी भएको उनले तर्क गरे ।
त्यसो त मंगलबार पालिका अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले तीनै तहको चुनावी तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिइसकेका छन् । यसबाट पनि ओली चुनावी मैदानमा उत्रिसकेको प्रष्ट हुन्छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend