Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज बागमतीमा मुख्यमन्त्रीको छिनाेफानाे हुँदै, शाक्य नेतृत्वकाे सरकार ढल्ने निश्चित


    बुधबार, कार्तिक १० २०७८
    820
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • हेटौंडा । अल्पमतमा रहेकी बागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज बुधबार विश्वासको मत लिँदैछिन् । त्यसका लागि बिहान १० बजे बागमती प्रदेशसभा बैठक बस्दैछ ।

    मुख्यमन्त्री शाक्यले प्रदेशसभामा पेस गरेको विश्वासको मत लिने प्रस्तावमाथि ४ कात्तिकमा छलफल भइसकेको छ । आज बुधबार मतदान हुन लागेको हो। 

    प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार सत्तापक्ष र प्रतिपक्षलाई मतदानका लागि छुट्टाछुट्टै कक्षको व्यवस्थापन गरिएको छ ।

    एमाले विभाजनको डिलमा रहेका बेला शाक्य मुख्यमन्त्री बनेकी थिइन् । तर, एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादीले शाक्यलाई साथ नदिएपछि उनी अल्पमतमा परेकी हुन् ।
     
    बागमतीमा कांग्रेस र एकीकृत समाजवादीले आलोपालो सरकार चलाउने सहमति गरिसकेका छन् । जस अननुसार मुख्यमन्त्रीमा एकीकृत समाजवादी बागमती प्रदेशको संसदीय दलको नेता राजेन्द्र पाण्डेलाई प्रस्ताव गरिएकाे छ । कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनले शाक्यलाई विश्वासको मत दिने छैन ।  

    बागमतीमा सभामुखसहित १०९ सांसद छन् । शाक्यले विश्वासको मत पाउन ५५ मत ल्याउनु पर्ने भए पनि एमालेसँग ४३ मत मात्र छ । कांग्रेसको २२, नेकपा माओवादीको २३ र एकीकृत समाजवादीको १३ मत छ । यसैगरी, विवेकशील साझाको ३, नेमकिपा २, राप्रपा २ र स्वतन्त्र सांसदको १ मत छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार