काठमाडौं । एमाले अध्यक्ष केपी ओलीको आफ्नै वडामा सहमति हुन नसक्दा अन्ततः वडा अधिवेशनमा निर्वाचन हुने देखिएको छ ।
अध्यक्ष ओलीले बस्दै आएको सूर्यविनायक नगरपालिका–२ बालकोट भक्तपुरको एमाले वडा अध्यक्षका लागि केशव खत्री र कविराज खडका दुवैले दाबी नछाडेपछि अन्ततः निर्वाचनमा जाने सहमति गरी शनिवार बिना निष्कर्ष अधिवेशन सकिएको थियो । वडा अधिवेशन उद्घाटन गर्दै ओलीले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गरेका थिए । तर आफ्नै वडामा भने चुनाव हुने निश्चित भएको छ ।
यसअघि दुई दुई पटक अध्यक्ष भइसकेका खत्रीले तेस्रो पटक पनि अध्यक्षमा दावी गरेका छन् भने युवा संघका नेता खड्काले नयाँ पुस्ताले नेतृत्व हस्तान्तरण गराउनु पर्ने भन्दै दाबी प्रस्तुत गरे पछि शनिबार सहमति हुन नसकेको एक नेताले बताए ।
उनका अनुसार प्रधानमन्त्री पत्नी राधिका शाक्यले उद्घाटन गरेको वडा अधिवेशनमा दुवैले दाबी नछाडेपछि आइतवार निर्वाचनवाट टुंग्याउने गरी अधिवेशन स्थगित गरिएको थियाे । आइतवार बिहानकाे प्रयास पनि असफल भएपछि दुई बजेका लागि निर्वाचन गर्ने समय तय भएकाे छ । यसबीचमा दुबै पक्षलाई मिलाउन एमालेका स्थानीय नेताहरु लागिपरेकाे स्थानीय गाेपाल खनालले जानकारी दिए । अधिवेशनबाट उपाध्यक्षमा विश्वराज विष्ट र सचिवमा रवि श्रेष्ठ भने सर्वसम्मत चयन भइसकेका छन् ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend