काठमाडाैं । सरकारी कागजात किर्ते गरेको अभियोगमा अदालतबाट दोषी ठहर भएपछि ‘फरार’ भएकी नेकपा एमालेकी सांसद गुलेफुन खातुन मियाँ प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यलाई विश्वासको मत दिन आउने चर्चा छ ।
आज मुख्यमन्त्री आचार्यले प्रदेश सभामा विश्वासको मत लिने तयारी गरेसँगै खातुन मियाँ आचार्यलाई विश्वासको मत दिन आउने चर्चा चलेपछि प्रहरी ‘अलर्ट’ बनेको छ ।
मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीका अनुसार उनी लामो समयदेखि प्रदेश सभाको बैठकमा उपस्थित छैनन् ।
जिसीले भने,‘उहाँ लामो समयदेखि प्रदेश सभाको बैठकमा आउनु भएको छैन,‘उहाँबारे हामी अलर्ट छौँ ।’
फरार सांसद भेटे के गर्नुहुन्छ? भन्ने प्रश्नमा उनले थपे, ‘यसै गर्छौ भनेर अहिले भन्न मिल्दैन। तर प्रहरीले आफ्नो सुर छोड्दैन।’
मोरङबाट समानुपातिक सांसद बनेकी खातुनलाई सरकारी छाप र हस्ताक्षर किर्ते गरेको मुद्दामा उच्च अदालत विराटनगरले एक वर्ष कैद र १४ हजार ५८३ जरिमाना सजायको फैसला सुनाएकाे थियाे । त्येसपछि उफरार रहेकी उनी प्रहरीको खोजी सूचीमा छन्।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend