Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले स्थायी कमिटी बैठक जारी, यी हुन् एजेण्डा


    बिहिबार, कार्तिक ४ २०७८
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एमालेको स्थायी कमिटी बैठक बसिरहेको छ ।

    ललितपुरस्थित तुल्सीलाल प्रतिष्ठान च्यासलमामा जारी बैठकमा पाँचवटा एजेण्डामाथि छलफल हुने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । 

    उनकाअनुसार बैठकका मुख्यतः विधान महाधिवेशन समीक्षा, ६ कात्तिकमा हुने भनिएको वडा अधिवेशन,  ९ कात्तिकमा हुने भनिएको पालिका अधिवेशन, राष्ट्रिय महाधिवेशन र हालै भएको अविरल वर्षका कारण भएको जनधनको क्षति सम्बन्धमा छलफल हुनेछ  ।

    यस्तै बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अघिल्लो बैठकमा पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमा पनि छलफल हुँदैछ ।

    मुख्यमन्त्री शाक्यले गत असोज २४ गते बसेको बैठकमै विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकी थिइन् । दसैँ बिदाका कारण झण्डै दुई सातापछि बिहीबार बसेको बैठकमा पनि विश्वासको मतमाथि मत विभाजन भने नहुने भएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार