Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • बागमतीमा काँग्रेस र एकीकृत समाजवादीले आधा-आधा समय सरकारको नेतृत्व गर्ने


    बिहिबार, कार्तिक ४ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटाैंडा । एमाले नेतृ तथा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने निश्चित भएपछि बागमती प्रदेशमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीले आधा–आधा समय सरकारको नेतृत्व गर्ने  भएका छन् ।

    मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज प्रदेशसभामा विश्वासको मत लिन राखेको प्रस्तावमाथि प्रक्रिया सुरु हुँदैगर्दा काँग्रेस र एकीकृत समाजवादीबीच यस्ताे सहमति भएकाे हाे ।

     एमाले नेतृ तथा मुख्यमन्त्री शाक्यले विश्वासको मत नपाउने लगभग निश्चित छ ।

    गठबन्धनको शीर्ष नेतृत्व तहमा भएको छलफल र सहमतिअनुसार पहिलो आधा कार्यकाल एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र आधा काँग्रेसको इन्द्र बानियाँ सरकारको नेतृत्व गर्दै मुख्यमन्त्री बन्नेछन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार