Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादी केन्द्रका विभाग गठन : मन्त्रालय चलाएकालाई नै सम्बन्धित विभाग


    बिहिबार, कार्तिक ४ २०७८
    840
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रले विगतमा जसजसले मन्त्रालय चलाएका छन्, उनीहरूलाई नै सबन्धित विभागको जिम्मेवारी तोकेको छ । 

    बिहीबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले अर्थ मन्त्रालय चलाएका वर्षमान पुनलाई अर्थ तथा योजना विभागको जिम्मेवारी दिइएको छ भने पराराष्ट्र मन्त्रालय चलाएका नारायणकाजी श्रेष्ठलाई विदेश मामिला विभागको जिम्मेवारी तोकेको छ । 

    सञ्चार मन्त्रालय चलाएका कृष्णबहादुर महरालाई प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी दिइएको छ भने भूमिसुधार मन्त्रालय चलाएका हरिबोल गजुरेललाई कृषि तथा भूमिसुधार विभागको जिम्मेवारी दिइएको छ ।

    कुन नेताले कुन विभाग पाए ?

    १. अर्थ तथा योजना विभाग – वर्षमान पुन

    २. संगठन विभाग – जनार्दन शर्मा

    ३. विदेश मामिला विभाग – नारायणकाजी श्रेष्ठ

    ४. प्रचार तथा प्रकाशन विभाग – कृष्णबहादुर महरा

    ५. विपद् व्यवस्थापन विभाग – सूर्य सुवेदी

    ६. उद्योग मामिला विभाग – वामदेव क्षेत्री

    ७. कृषि तथा भूमिसुधार विभाग – हरिबोल गजुरेल

    ८. उपभोक्ता हित संरक्षण विभाग – मात्रिका यादव

    ९. कोष तथा आर्थिक विभाग – डोरप्रसाद उपाध्याय

    १०. खानेपानी विभाग – विना मगर

    ११. जलस्रोत तथा ऊर्जा – लिलामणि पोखरेल

    १२. निर्वाचन विभाग – खिमलाल देवकोटा

    १३. कानुन विभाग – मुक्ति प्रधान

    १४. पर्यटन विभाग – झक्कुप्रसाद सुवेदी

    १५. प्रादेशिक मामिला विभाग – पर्शुराम तामाङ

    १६. पार्टी स्कुल विभाग – गिरिराजमणि पोखरेल

    १७. पुस्तकालय तथा अभिलेख – नारायणप्रसाद शर्मा

    १८. भौतिक पूर्वाधार विभाग – हरि अधिकारी

    १९. युवा तथा खेलकुद विभाग – गणेशमान पुन

    २०. राजकीय मामिला विभाग – रेखा शर्मा

    २१. राष्ट्रिय सुरक्षा विभाग – कृष्णबहादुर महरा

    २२. वन तथा वातावरण – शक्ति बस्नेत

    २३. विज्ञान तथा प्रविधि विभाग – गणेश साह

    २४. शिक्षा तथा मानवस्रोत विभाग – मायाप्रसाद शर्मा

    २५. श्रम तथा रोजगार विभाग – रामेश्वर राय यादव

    २६. संघीय संसदीय विभाग – देव गुरुङ

    २७. समाज कल्याण विभाग – सत्या पहाडी

    २८. सहकारी तथा गरिबी विभाग – धर्मदत्त देवकोटा

    २९. सहरी विकास विभाग – देवेन्द्र पौडेल

    ३०. सामान्य प्रशासन विभाग – टेकबहादुर बस्नेत

    ३१. साहित्य तथा कला विभाग – गोपाल ठाकुर

    ३२. स्थानीय तह विभाग – उर्मिला अर्याल

    ३३. स्वास्थ्य तथा जनसंख्या विभाग – कल्पना धमला

    ३४. नीति अध्ययन प्रतिष्ठान – रामचन्द्र झा

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार