Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारसँग प्रचण्डकाे माग: कृषि सहायता कोष खडा गरी किसानहरुलाई जतिसक्दाे चाडाे राहत दिलाउनु


    बुधबार, कार्तिक ३ २०७८
    725
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी र पहिरोबाट मारमा परेका किसानहरुलाई कृषि सहायता कोष खडा गरी राहत दिलाउन सरकारसँग माग गरेका छन् ।

    बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रचण्डले विपद्मा ज्यान गुमाएकाहरुमा श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट समेत गरेका छन् ।

    विज्ञप्तिमा प्रचण्डले बाढीपहिरोमा फँसेकाहरुको उद्दार र राहत, घाइतेहरुको निःशुल्क स्वास्थ्योपचार, बिचल्लीमा परेका नागरिकहरुको खानपान र बसोबासको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

    उनले बाढीपहिरोमा परी बेपत्ता भएकाहरुको यथाशीघ्र खोजीका लागि स्थानीय, प्रदेश र संघका सुरक्षा लगायत सबै सरकारी निकायहरु, स्थानीय स्वयम्सेवी, विभिन्न संघसंस्था, व्यक्ति, युवा र हाम्रो पार्टीका नेता तथा कार्यकर्ताहरुमा आग्रह पनि गरेका छन् । 

    246918049_407276424096093_3072278641113338832_n-768x1086.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार