Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रुबी खानलाई आजै थुनामुक्त गर्न सर्वोच्चको आदेश


    बिहिबार, असोज २८ २०७८
    980
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौंको माइतीघर मण्डलबाट पक्राउ गरी नेपालगञ्ज पुर्‍याइएकी बाँकेकी रुबी खानलाई आज (बिहीबार) नै थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

    बिहीबार सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले खानलाई कानून व्यवसायीको जिम्मा लगाउन आदेश दिएको हो।

    अधिवक्ता मोहना अन्सारीले रुबीका तर्फबाट दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रहरीले पूर्वाग्रह राखी खानलाई पक्राउ गरेको ठहर पनि गरेको छ।

    यसअघि गत २३ गते रुबीलाई जिल्ला प्रहरी कार्यालयको पत्र बमोजिम भन्दै महानगरीय प्रहरी बृत सिंहदरवारले पक्राउ गरी नेपालगञ्ज पठाएको थियो।

    रुबीले बाँकेकी नकुन्नी धोबीको मृत्यु तथा निर्मला कुर्मीको अपहरण गरी हत्या भएको भनिएको घटनामा अनुसन्धान माग गर्दै आएकी थिइन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार