Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मोतीपुर घटनापछि लगाइएको कर्फ्यू आज रातिबाट हट्ने, मृतकका परिवारलाई पाँच लाख राहत उपलब्ध गराउन सिफारिस


    मंगलबार, असोज २६ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • रुपन्देही । प्रहरी र सुकुम्बासीका नाममा जग्गा कब्जा गर्ने समूहबीचको झडपपछि रुपन्देहीको मोतिपुरमा लगाइएको कर्फ्यू मंगलबार रातिबाट हट्ने भएको छ । झडपपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासनले गत आइतबार अपरान्ह ४ बजेदेखि लागू हुनेगरी कर्फ्यू आदेश जारी गरेको थियो ।

    स्थिति सहज हुँदै गएपछि मंगलबार राति १२ बजेदेखि कर्फ्यू हटाउन लागिएको जिल्ला प्रशासन कार्यालयले एक सूचना प्रकाशित गरी जानकारी गराएको छ । प्रशासनले पूर्वतर्फ बुटवल-१७ शिवनगरदेखि सौरहिया पुल तथा पश्चिमतर्फ हरिहरपुर, रानीगञ्ज बस्ती तथा वडा नं १८ को औद्योगिक करिडोरको क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो ।  

    प्रहरीले औद्योगिक क्षेत्रमा बनाइएका टहरा हटाउने क्रममा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडपका क्रममा प्रहरीले गोली चलाएपछि आइतबार दिनभर सो क्षेत्रको स्थिति तनावपूर्ण बनेको थियो । बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो । प्रशासनले रातिको समयमा टहरा भत्काइदिँदै आएको थियो । तर त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीयवासी हट्न नखोजेपछि प्रहरीले आइतबार बल प्रयोग गरेको हो ।

    यसैबीच घटनाको सन्दर्भमा जिल्लास्थित सबै राजनीतिक दलहरु सहभागी समन्वयात्मक बैठकले मृतकका परिवारलाई पाँच लाख रुपैयाँ राहत उपलब्ध गराउन सिफारिस गर्ने निर्णय गरेको छ । मृतकका परिवारलाई किरिया खर्चवापत नेपाल सरकारका तर्फबाट ५० हजार र राहतस्वरुप ५ लाख तथा लुम्बिनी प्रदेश सरकारका तर्फबाट प्रतिपरिवार एक लाख रुपैयाँ उपलब्ध गराउन सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी क्रृषिराम तिवारीले जानकारी दिए ।

    Press release.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार