Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • दुई दिनमै पदत्याग, विवादित मन्त्री हमालकाे राजीनामा स्वीकृत


    आइतबार, असोज २४ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाै. । प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योगमन्त्री गजेन्द्र हमालको राजीनामा स्वीकृत गरेका छन् ।

    आइतबार बिहान बालुवाटार पुगेर हमालले देउवालाई राजीनामापत्र बुझाएका थिए । हमालले राजीनामा दिएसँगै देउवाले राजीनामा स्वीकृत गरेको प्रधानमन्त्रीको सचिवालयका सदस्य प्रकाश देउवाले बताए ।

    मन्त्रिपरिषद्‌मा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटा’ मा हमाललाई मन्त्री बनाइएको भन्दै चौतर्फी विरोध भएपछि उनले राजीनामा दिएका हुन् ।

    २२ असोजमा मन्त्री नियुक्त भएका हमालले तीन दिनमै राजीनामा गर्नुलाई अर्थपूर्ण मानिएको छ । प्रधानमन्त्री देउवाले झण्डै तीन महिना लगाएर मन्त्रिपरिषदलाई पूर्णता दिदा हमालले महत्वपूर्ण मन्त्रालयको जम्मेवारी पाएका थिए । उनी देउवा सरकारमा राजीनामा दिने पहिलो मन्त्री भएका छन् ।

    प्रधानन्यायाधीश राणाले बिचौलिया दीपक तिमल्सिनालाई मन्त्री बनाउने हल्ला चलाएर जेठान हमाललाई बनाएका थिए । उनले आफ्नो कोटामा मन्त्री बनाएको बिषयमा मिडियाबाजी भएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष डा. बाबुराम भट्टराईबिरुद्ध ललिता निवासको जग्गाको मुद्दामा निसुको मिति तय गरेका थिए ।

    यसअघि पटक पटक सारिएको उक्त मुद्दा उनले पछिल्लो सुनुवाइमा निसुमा राखेर तर्साएपछि हमाललाई मन्त्री बनाउन देउवा बाध्य भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार