काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले पनि मन्त्रिपरिषदमा भागबण्डा लिएका छन् । राणाकी दिवंगत जेठी पत्नीका दाजु गजेन्द्र हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त गरेका छन् । प्रधानन्यायाधीशले सत्तामा भागबण्डा मागेको बिषयमा मिडियामा समाचार आएपछि सर्वोच्च अदालतले २०७८ असोज १८ मा खण्डन गरेको थियो । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मन्त्रिपरिषदमा भाग नखोजेको भन्दै विज्ञप्ति निकालेका थिए । तर त्यो विज्ञप्तिको मसी नसुक्दै प्रधानमन्त्री देउवाले गरेको शुक्रबार गरेको मन्त्रिपरिषद बिस्तारमा हमाल उद्योग मन्त्रीमा नियुक्त भएका छन् ।
हमालको नियुक्तिले प्रधानन्यायाधीश राणाले सत्तामा भागबण्डाको मोलमोलाई गरेको कुरालाई पुष्टि गरेको छ । प्रधानन्यायाधीश राणाले दीपक तिमल्सिनाको नाम चर्चामा ल्याएर मिडिया ट्रायल गरी जेठान हमाललाई मन्त्री बनाएका छन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधिसभा बिघटन गरेपछि हमालले नै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिलाउन बिचौलियाको भूमिका खेलेको स्रोतहरु बताउँछन् । २०५९ मा नेपाली कांग्रेस विभाजनपछि गठन भएको प्रजातान्त्रिक कांग्रेसका बाँके जिल्ला सभापति समेत रहेका हमालको देउवासँग बाक्लै उठबस छ । देउवाले हमालमार्फत् नै आफूलाई प्रधानमन्त्री नियुक्त गराउन परमादेश गराएकाले पनि उनलाई मन्त्री बनाएर गुन तिरेको चर्चा छ ।
प्रधानन्यायाधीश राणाले गएको असार २८ मा शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिका नाममा कारण देखाउ आदेश दिएपछि २ जनालाई मन्त्री बनाउने माग गरेका थिए । जेठान गजेन्द्र हमाल र मुद्दाका बिचौलिया दीपक तिमल्सिनालाई मन्त्री बनाउन सिफारिस गरेको समाचार सार्वजनिक भयो । प्रधानन्यायाधीश राणाले देउवा सरकार गठन हुनासाथ सम्धी डा. तिलक रावललाई अर्थमन्त्री नै बनाउन पनि आग्रह गरेको चर्चा छ । अर्थमन्त्रीमा जनार्दन शर्मा नियुक्त भइसकेपछि उनले धादिङको केपी सिमेन्ट उद्योगका संचालक केशवप्रसाद उप्रेती (केपी)लाई पनि मन्त्री बनाउन दबाब दिएको कुरा सार्वजनिक भयो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend