Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रामकुमारी झाँक्री पर्यटनमन्त्री, स्वास्थ्यमन्त्रीमा विरोध खतिवडा


    शुक्रबार, असोज २२ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीले रामकुमारी झाँक्रीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाउने भएको छ ।

    यस्तै एकीकृत समाजवादीबाट विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्यामन्त्री, प्रेमबहादुर आले शहरी विकास र कृष्णकुमार श्रेष्ठ ‘किसान’श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नेछन् ।  

    यस्तै वानी खापुङ राज्यमन्त्री बन्दैछन् । एकीकृत समाजवादी स्राेतका अनुसार उनीहरुको नाम प्रधानमन्त्रीसमक्ष पठाइसकिएको छ ।

    बुधबार स्थायी कमिटीमा बैठकमा झाँक्रीलाई स्वास्थ्य, खतिवडालाई शहरी विकास, आलेलाई नागरिक उड्डयन र श्रेष्ठलाई श्रममन्त्री प्रस्ताव गरिएको थियो ।

    आकांक्षीहरुसँग छलफल गरेपछि तीन जनाको मन्त्रालय हेरफेर भएको स्रोतले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार