Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यी हुन् माओवादीबाट मन्त्री बन्ने नेताहरू: देवेन्द्र पौडेल शिक्षामन्त्री, युवा तथा खेलकुदमा महेश्वर


    शुक्रबार, असोज २२ २०७८
    835
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ८८ दिनपछि आज (शुक्रबार) मन्त्रिपरिषदले पूर्णता पाउने भएको छ ।

    सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच बिहीबार मन्त्रालय भागबण्डामा मिलेपछि आज प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन् । 

    याे सँगै नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने नेताहरुले कुन मन्त्रालय पाउने भनेर पनि जिम्मेवारी तोकिएको छ ।

    माओवादी केन्द्रका एक नेताका अनुसार, देवेन्द्र पौडेल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री  बन्ने भएका छन् भने शशी श्रेष्ठलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयकाे जिम्मेवारी तोकिएको छ ।

    यसतै महेश्वर गहतराजलाई युवा तथा खेलकुद मन्त्रीको जिम्मा दिने पार्टीमा निर्णय भएको छ भने राज्यमन्त्रीमा सिफारिस मोधमाया यादवलाई शिक्षा वा भूमि व्यवस्थाको राज्यमन्त्री दिने तयारी छ ।

    शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीले पाँच मन्त्री र एक राज्यमन्त्री पाएको छ । देउवाले प्रधानमन्त्रीबाट सपथ लिएकै दिन जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री बनेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार