Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • मन्त्रिपरिषदले ८८ औं दिनपछि पूर्णता पाउँदै


    शुक्रबार, असोज २२ २०७८
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ८८ औं दिनपछि  आज  मन्त्रिपरिषदले पूर्णता पाउने भएको छ । कांग्रेस सभापति समेत रहेका शेरबहादुर देउवाले प्रधानमन्त्रीको सपथ लिएको करिब तीन महिनापछि आज मन्त्रीपरिषद्लाई पूर्णता दिने तयारी गरेका हुन् ।

     गत असार २९ गते सरकारको नेतृत्व सम्हालेका प्रधानमन्त्री देउवाले यसअघि किस्ता किस्तामा गरी पाँच मन्त्री र एक राज्यमन्त्री बनाएका थिए । उनले मन्त्रीपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै गठबन्धनदलका नेता र कांग्रेसकै शिर्ष नेताहरुले उनको आलोचना गरिरहेका छन् ।

    प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार शुक्रबार मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी भइरहेको जानकारी दिएका छन् । बिहीबार बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा भएको सहमति अनुसार आज मन्त्रिपरिषदलाई पूर्णता दिन लागिएको उनको भनाई छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार