Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रदेश नं १ र वागमतीमा एकीकृत समाजवादीको सरकार बन्ने पक्का


    बिहिबार, असोज २१ २०७८
    935
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाठाैं । सत्तारुढ गठबन्धनमा मन्त्रिपरिषद् विस्तारको भागबण्डा पेचिलो बनिरहेको बेला नेकपा एकीकृत समाजवादीलाई मनाउन दुई प्रदेशका मुख्यमन्त्री दिने सहमति भएको छ ।

    बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा प्रदेश नम्बर १ र वागमतीको मुख्यमन्त्री नेकपा एसलाई दिने सहमति भएको हाे ।

    सत्तारुढ गठबन्धनबीच भएको सहमति अनुसार प्रदेश १ मा राजेन्द्र राई र वागमती प्रदेशमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।

    एकीकृत समाजवादी प्रदेश १ को संसदीय दलको नेता राई हुन भने वागमती प्रदेशको संसदीय दलको नेता पाण्डे हुन् । यी प्रदेशमा अहिले एमाले नेतृत्वको अल्पमत सरकार रहेको छ ।

    प्रदेश १ मा भीम आचार्य नेतृत्वको र वागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारले असोज अन्तिम साता विश्वासको मत लिने तयारी गरिरहेका छन् । तर दुवै प्रदेशमा उनीहरु अल्पमतमा रहेका छन् भने पाँच दलीय गठबन्धन बहुमतमा रहेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार