Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज मन्त्रीहरूको शपथ हुने प्रचण्डकाे दाबी


    बिहिबार, असोज २१ २०७८
    735
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (बिहीबार) मन्त्रीहरूको शपथ हुने बताएका छन् ।

    पचली टिभीको उदघाटन समारोहलाई आज सम्बोधन गर्दै प्रचण्डले मन्त्रीहरुको शपथ कार्यक्रम हुने सम्भावना रहेको जानकारी गराएका हुन् ।

    उनले सबै उत्पीडित समुदायलाई, विशेष गरी महिलालाई, अगाडि ल्याउन नयाँ प्रयास गरेको बताए । यही प्रयास अनुसार माओवादी केन्द्रको तर्फबाट मन्त्रिपरिषदमा ५० प्रतिशत महिलालाई पठाउने निर्णय गरेको प्रचण्डको भनाइ छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले घटस्थापनाको साइतमा मन्त्रिमण्डललाई पूर्णता दिने सोंचका साथ तयारी अगाडि बढाए पनि आफ्नै पार्टी नेपाली कांग्रेसमा मन्त्रीको टुङ्गो लगाउन सकेका छैनन् ।

    जनता समाजवादी पार्टी (जसपा) अहिले मन्त्रीको नाम टुङ्गो लगाउन जुटेको छ । यस्तै नेकपा एकीकृत समाजवादीले पनि मन्त्रीको नाममा छलफल अगाडि बढाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार