Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • मन्त्रीको टुंगो लगाउन नेकपा समाजवादीको स्थायी कमिटी बैठक बस्दै, छाडेको मन्त्रालयले दिएको भन्दै नेताहरुबीच असन्तुष्टि


    बिहिबार, असोज २१ २०७८
    910
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सरकारमा सहभागी हुने मन्त्रीहरुको बारेमा टुंगो लगाउन नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठक बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय तिनकुनेमा बस्ने अध्यक्ष माधव नेपालको सचिवालयले जनाएको छ। 

    सचिवालयका अनुसार एकीकृत समाजवादीले चारवटा मन्त्रालय र एक राज्यमन्त्री पाउने मोटोमोटी गठबन्धन दलमा सहमति भइसकेको छ। यद्यपि, दलहरुले अझै कुन कुन मन्त्रालय कसले लिने भन्ने टुंग्याउन सकेको देखिदैन। 

    स्रोतका अनुसार नेकपा समाजवादीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, कानुन न्याय तथा संसदीय मामिला र सहरी विकास मन्त्रालय छुट्याइएको छ । 
     
    सत्तारुढ गठबन्धनको बैठकमा मन्त्रालय छुट्याउँदा अडान राख्न नसकेकोमा समाजवादी पार्टीका नेताहरुले नेतृत्वप्रति असन्तुष्टि प्रकट गरेका छन् । मन्त्री छनोटको मापदण्ड बनाउन बुधबार बसेको समाजवादीको बैठकमा नेपाली कांग्रेस र माओवादीले रोजेर मन्त्रालय लिने आफूहरुले छाडेको लिनुपर्ने अवस्था कसरी सृजना भयो भन्दै सांसद र नेताहरुले बिरोध गरेका थिए ।

    मन्त्रालय भागबण्डाः कांग्रेस, माओवादी र जसपालाई रोजीरोजी, छाडेका जति नेकपा समाजवादीलाई

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार