Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • गुण्डानाइके बिश्वक्रान्ति सिंह माओवादीमा प्रवेश, प्रचण्डले गरे स्वागत


    बुधबार, असोज २० २०७८
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौ । गुण्डानाइके बाबु भनिने बिश्वक्रान्ति सिंह नेकपा माओवादीमा प्रवेश गरेका छन् ।

    आज नेकपा माओवादीका अध्यक्ष पुस्पकमल दाहालले पेरिसडाडामा आयोजित कार्यक्रममा उनलाई पार्टी प्रवेश गराएका हुन् ।

    बागमती प्रदेश सभाका प्रमुख प्रतिपक्षी दलका नेता ईन्द्र बानियाका अति निकट बिश्वक्रान्ति हेटौंडाका हुन् । नेपाली काङ्ग्रेसबाट राजनीति गर्दैआएका इन्द्र बानियालाई अहिलेको उचाइमा पुर्याउने बिश्वक्रान्ति नै हुन् । 

    उनलाई हातहतियार तथा खरखजाना एवं ज्यानमार्ने उद्योगकाे अभियोगमा ललितपुर प्रहरीले पाँच बर्ष पहिले हातहतियारसहित  पक्राउ गरेको थियाे ।

    उनले ठेक्कापट्टादेखि कमिसनको नाममा पैसा असुली गर्ने काम समेत गरेकाे प्रहरीकाे आराेप थियाे  ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार