Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • थापा भन्छन्: काङ्ग्रेस र कम्युनिस्ट पार्टीको अकर्मण्यताले मुलुक संकटग्रस्त भयाे, अब आन्दोलन गर्छौं


    मंगलबार, असोज १९ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाें । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले काङ्ग्रेस र कम्युनिस्ट पार्टीको अकर्मण्यताका कारण मुलुक संकटग्रस्त भएको दावी गर्दै अब पार्टी आन्दोलनमा होमिने  बताएका छन् ।  

    मंगलबार झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा उनले महाधिवेशन लगत्तै पार्टी आन्दोलनमा होमिने  बताएका हुन् ।  

    ‘नेपाली काङ्ग्रेस र कम्युनिस्ट पार्टीको असफलता, अदूरदर्शिता र अकर्मण्यताका कारण मुलुक संकटग्रस्त भयाे, भ्रष्टाचारले देशलाई थला पार्याे अब आन्दोलन गर्नुपर्छ’, थापाले भने । 

    धर्म परिवर्तन, वेरोजगारी समस्या समाधान नगरे मुलुक थप बर्बादितर्फ धकेलिने थापाको टिप्पणी थियो ।

    केन्द्रमा पार्टी एकता पछि तल्लो तहसम्म एकताको सन्देश पुर्याउन नसकिएको भन्दै थापाले अब नयाँ उत्साह र उर्जा दिनको निमित्त सक्रियता र गतिशीलता जरुरी भएको बिचार ब्यक्त गरे ।

    पार्टी संचालनका क्रममा केही त्रुटि र कमजोरी भएको स्विकार्दै थापाले आगामी दिनमा विगतका कमजोरी नदोहोर्याउने प्रतिबद्धता समेत ब्यक्त गरे ।

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार