Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • ‘साइकल चोर–सरकार छोड’ भन्दै मुख्यमन्त्री कार्यालय अगाडि विरोध प्रदर्शन


    सोमबार, असोज १८ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको विरोध गर्दै सिके राउत नेतृत्वको जनमत पार्टीले जनकपुरधाममा प्रदर्शन गरेका छ ।

    सोमबार दिउँसो पार्टीका नेताकार्यकर्ताहरूले मुख्यमन्त्रीको राजीनामा माग गर्दै ‘साइकल चोर– सरकार छोड् । भ्रष्ट सरकार–राजीनामा दे एक मधेशी जनता के भन्छ ? भ्रष्टाचारीलाई जेल दे भन्छ’ लगायतका नारा लगाएर मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

    मुख्यमन्त्री कार्यालय मातहत सञ्चालित ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’मा अनियमितता भएको उजुरी परेपछि १३ असोजमा प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको थियो ।

    ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’मा अनियमितता भएको कुरा महालेखा परीक्षकको प्रतिवेदनले समेत औंल्याएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार