काठमाडौं। पूर्व स्वास्थ्य मन्त्री तथा सत्तारुढ दल नेपाली कांग्रेसका नेता गगन थापाले अरु सबै पार्टी मिले पनि कांग्रेस एक्लैले बहुमत ल्याउँन सक्ने बताएका छन् । अहिलेको अबस्थामा नागरिक बीचमा गएर भरोसा जगाउन सक्ने नेतृत्व आवश्यक रहेको नेता थापाले बताएका छन् । काठमाडौं नगरपालिकाको अधिवेशन उद्घाटन कार्यक्रममा थापाले १४ औं महाधिवेशनमा केन्द्रदेखि वडासम्म जनतामा आशा र भरोसा दिलाउन सक्ने नेता चाहिएको बताएका हुन् ।
उनले भने, ‘हामीलाई चाहे खुल्ला मञ्च, सडक तथा संसद वा जनताको झुपडीमा गएर बोलेको कुरामा भरोसा दिलाउने कांग्रेस चाहिएको छ । नागरिकहरुको टुटेको मन जोड्ने काँग्रेस चाहिएको छ ।’ काँग्रेस अहिलेको यथास्थितीवादले जनताको विश्वास जित्न नसक्ने थापाको भनाइ छ । ‘आज जसरी चलेको छ यसले यसले काँग्रेसप्रति जनताको भरोसा दिलाउन सक्दैन’ उनले भने ।
थापाले काँग्रेसभित्र सुदृढीकरण र सुधारको खाँचो रहेको औंल्याएका छन् । तहगत अधिवेशनले काँग्रेस सुधार गर्न भूमिका खेल्नुपर्नेमा थापाको जोड थियो । आगामी तीन तहको निर्वाचनबाट काँग्रेस पहिलो पार्टी बनाउनु पर्नेमा जोड दिए । सम्पूर्ण कम्युनिष्ट र मधेसवादी दल मिले पनि काँग्रेस पहिलो पार्टी बन्ने गरी काम गर्न थापाको आग्रह छ ।
‘काँग्रेसले कसैसँग मिलेर होइन एक्लै लडेर अबको चुनाव जित्ने हो । कम्युनिष्ट, मधेसवादी मिले भने पनि काँग्रेसले जित्ने गरी काम गर्नुपर्छ । हामीले पाँच वर्ष सरकार चलाउनका लागि एकलै बहुमत ल्याउनु पर्छ’ थापाले भने ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend