Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले पदाधिकारीमा व्यापक हेरफेरकाे तयारी, उपमहासचिव पद नै हटाउने


    शुक्रबार, असोज १५ २०७८
    900
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आजबाट विधान महाधिवेशन सुरू भएको नेकपा एमालेले पदाधिकारीमा व्यापक हेरफेर गर्ने प्रस्ताव गरेको छ । 

    गोदावरीको सनराइज सभाहलमा शुक्रबारदेखि सुरू भएको महाधिवेशनमा सहभागीहरूलाई वितरण गरिएको प्रस्तावमा उपमहासचिवको पद हटाइएको हो। 

    यसअघि उपमहासचिव २ जना राख्ने प्रस्ताव थियो । अहिले उपमहासचिव पद नै खारेज गरेको छ ।

    नयाँ व्यवस्थाअनुसार एमालेमा अब एक अध्यक्ष, पाँच उपाध्यक्ष, महासचिव १ र सचिव छ जना हुने प्रस्तावमा उल्लेख छ।

    सचिवको संख्या ७ वटा घटाएर ६ मा झारिएको छ । नयाँ प्रस्तावमा भनिएको छ, ‘अध्यक्ष –१, उपाध्यक्ष –५, महासचिव –१, सचिव –६ र सदस्य २१२ समेत कुल २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्ने ।’ साथै प्रदेश कमिटीका अध्यक्षहरुलाई केन्द्रीय कमिटीको पदेन सदस्य रहने समेत विधान संशोधन प्रस्तावमा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार