काठमाडौं । नेकपा एमालेले थापाथली हाइटमा रहेको केन्द्रीय कार्यालय ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा सार्ने भएको छ । धुम्बाराहीको पासाङ ल्हामु प्रतिष्ठानमा रहेको एमाले कार्यालय ६ महिनाअघि थापाथलीस्थित संजय अग्रवालको घरमा सारिएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्योग राज्यमन्त्री र पछि प्रधानमन्त्रीको आर्थिक सल्लाहकार बनाएका मोतिलाल दुगडले अग्रवालको घर बन्दोबस्त गरेपछि कार्यालय सारिएको थियो ।
२०७२ को भूकम्पपछि बल्खुमा रहेको कार्यालय क्षतिग्रस्त भएपछि यति समूहका आङछिरिङ शेर्पाले धुम्बाराहीमा एमालेलाई कार्यालयका लागि घर दिएका थिए ।
दुुुगडले खोजेको थापाथलीस्थित कार्यालयमा एमाले गएको २०७८ बैशाखमा सरेको थियो । थापाथलीस्थित कार्यालयमा जाने सडक साँघुरो भएको र गाडी जाम हुने समस्या भएपछि सार्न लागिएको छ । ओली प्रधानमन्त्री हुँदा ठूला गाडी आवतजावत गर्दा उक्त बाटो जाम भएपछि नै उनले पार्टी कार्यालय सार्न निर्देशन दिएका थिए ।
एक बर्षदेखि एमालेका केन्द्रीय कमिटीका बैठकदेखि जनवर्गीय संगठनका भेला र कार्यक्रम च्यासलस्थित तुल्सीलाल स्मृति भवनमै हुँदैआएका छन् । अब पार्टी कार्यालय नै सारिने भएको छ ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend