Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा ओली नजाने


    बिहिबार, असोज १४ २०७८
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राजनीतिक गतिरोध हटाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन्।

    एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले ओली बैठकमा नजाने जानकारी दिए । तर पार्टीबाट अरु कोही जाने विषयमा छलफल भइरहेको उनको भनाइ छ । 

    बैठक बिहान १०  बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ। प्रधानमन्त्री देउवाले गठबन्धनमा आबद्ध दलसहित प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि सर्वदलीय बैठकमा डाकेका छन् । 

    यसअघि पनि सभामुख अग्नीप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बोलाएका थिए । तर, उक्त बैठकमा एमाले अध्यक्ष ओली उपस्थित भएका थिएनन्।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार