काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक गतिरोध हटाउनका लागि सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले बिहीबार बिहान १० बजे संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई छलफलका लागि बोलाएका हुन् । सर्वददलीय बैठकमा संसद अवरोध हटाउने लगायतका बिषयमा छलफल हुने बताइएको छ ।
संसद्मा प्रतिनिधित्व गर्ने पाँच वटा दल सत्ता गठबन्धनमै छन् । सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनमै छन् ।
प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल एमाले, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि सर्वदलीय बैठकमा डाकेका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले सभामुख अग्निप्रसाद सापकोटाले १४ सांसदलाई कारबाही नगरेको भन्दै संसद अवरुद्ध गर्दैआएको छ ।
भदौ २३ देखि सुरु भएको संसदको बैठक एमालेले निरन्तर अवरोध गर्दैआएको छ । सभामुख सापकोटाका बिरुद्ध नाराबाजी गर्दै एमालेले सदन अवरोध गरेकै अवस्थामा बजेट सम्बन्धी बिधेयक पास गरिएको थियो ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend