काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिधान महाधिवेशन हुने गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको अवलोकनमा गएका छन् । शुक्रबारदेखि आइतबारसम्म हुने एमालेको विधान महाधिवेशन गोदावरीको सम्मेलन केन्द्रमा हुँदैछ । एमालेको पहिलो बिधान महाधिवेशनमा करिब ५ हजार सहभागी हुने बताइएको छ ।
महाधिवेशनका सहभागीहरूलाई सम्मेलन केन्द्रसम्म पु¥याउन ललितपुरको सातदोबाटोबाट गाडी व्यवस्था गरिएको छ । उक्त सम्मेलन केन्द्रको हलमा २ हजार आठ सय ४० जना मात्रै अट्ने क्षमता छ ।
केन्द्रमा नअट्ने सहभागीको सहजताका लागि हल बाहिर ठूला डिजिटल स्क्रीन राखिने ब्यवस्था गरिएको छ । ती डिस्प्लेको अगाडि दुईतर्फ सहभागीलाई राखिने छ । करिब तीन सय स्वयंसेवक विधान महाधिवेशनमा खटिने भएका छन् । विधान महाधिवेशनमा सहभागीलाई खाने व्यवस्था केन्द्रले गर्नेछ भने बस्ने व्यवस्था प्रदेश कमिटीले गर्ने भएको छ ।
एमालेको बिधान महाधिवेशनमा केन्द्रीय कमिटीका सबै पदाधिकारी, सदस्य, केन्द्रीय निकायका सबै पदाधिकारी र सदस्यहरु सहभागी हुनेछन् । यसमा केन्द्रीय आयोगमा अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग, केन्द्रीय सल्लाहकार मञ्च, ज्येष्ठ कम्युनिष्ट मञ्चका सबैले भाग लिनेछन् । प्रदेश कमिटीका सबै, प्रत्येक विभागबाट सचिवसहित पाँचजनाको प्रतिनिधित्व हुनेछ ।
प्रत्येक घोषित जनवर्गीय सङ्गठनबाट पदाधिकारी र वरिष्ठ सदस्यबाट १० जनाले भाग लिने बताइएको छ । जिल्ला कमिटी पदाधिकारी र प्रत्येक निर्वाचन कमिटीबाट एकजना महिला अनिवार्य हुने गरी दुई र प्रत्येक जिल्लाबाट कम्तीमा एकजना दलित सदस्य भाग लिनेछन् । प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य, प्रदेशसभाका सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख र पार्टीका सदस्य भएका पालिकाका प्रमुख र उपप्रमुख प्रतिनिधि हुनेछन् । पार्टी एकतामा सामेल भएकालाई सम्मानजनक प्रतिनिधित्व व्यवस्था रहेको र १० प्रतिशत केन्द्रीय कमिटीले मनोनय गर्ने बताइएको छ । पार्टीको प्रवास कमिटीहरूबाट पनि प्रतिनिधि सहभागी हुनेछन् ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend