जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेपछि मुख्यमन्त्री लालबाबु राउतले अहिले केहीबेरमा पत्रकार सम्मेलन गर्ने भएका छन् ।
आयोगले मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रमअन्तर्गत छात्रालाई वितरण गर्न खरिद गरिएको साइकलमा व्यापक अनियमितता भएको उजुरी परेपछि बुधबार दिउँसो मुख्यमन्त्री कार्यालयमा छापा मारेको थियाे।
अख्तियारले साइकल खरिद समबन्धी सम्पूर्ण कागजात नियन्त्रणमा लिई अनुसन्धान थालेको अख्तियारका उपसचिव मेघनाथ रिमालले जानकारी दिए।
अरू प्रक्रिया हुँदाहुँदै संघीयतालाई बदनाम गराउने नियतले अख्तियारले छापा मारेको भन्दै मुख्यमन्त्री राउत आक्रोशित भएको उनीनिकट स्रोतले बतायो ।
उनले बुधबार साँज ५ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको मुख्यमन्त्रीका स्वकीय सचिव जितेन्द्र यादवले जानकारी दिए ।
मुख्यमन्त्री राउतले आफ्नो धारणा राख्न पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend