Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • संसदले काम गरेन, अब चुनाव गर्नुपर्छ: ओली


    मंगलबार, असोज १२ २०७८
    750
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ताजा जनादेशको आवश्यकता रहेको बताएका छन् ।

    मंगलबार  नयाँ बानेश्वरस्थित अल्फा हाउसमा आयोजित सम्पादकहरूसँगकाे अन्तरक्रियामा ओलीले यस्तो बताएका हुन् । 

    अहिलेको राजनीतिक अकर्मण्यताको स्थितिमा ताजा जनादेशमा गएर देशलाई गतिशील बनाउनुपर्ने ओलीको धारणा छ ।

    ‘प्रतिनिधि सभा चलेन’, उनले भने, ‘ताजा जनादेश आवश्यक छ । हामी कांग्रेससँग पनि मिल्नु पर्दैन । उहाँहरुले नै निर्वाचन गराए पनि हुन्छ । तर ताजा जनादेशमा जानुपर्छ ।’ उनले सभामुखको भूमिका निष्पक्ष हुन नसकेको भन्दै निर्वाचन आयोग पनि त्यस्तै रहेको आरोप लगाए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार