Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले फुटाउने काम सकिएछ अनि अध्यादेश फिर्ताको सूचना निकालियो- ओली


    मंगलबार, असोज १२ २०७८
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद् चालू रहेका बेला अध्यादेश खारेज गरेकामा आपत्ति जनाएका छन् । 

    मंगलबार  नयाँ बानेश्वरस्थित अल्फा हाउसमा आयोजित सम्पादकहरूसँगकाे अन्तरक्रियामा ओलीले वर्तमान सरकारले एमाले फुटाउन अध्यादेश ल्याएकाे र एमाले फुटेपछि फिर्ता लिएकाे आराेप लगाएका हुन् ।

    सदन छलेर दल फुटाउने अध्यादेश ल्याएको बताउँदै त्यसले संविधानको उल्लङ्घन गर्नुका साथै लोकतन्त्रको ‘नर्म्स’ हरू भत्काएको जिकिर गरे ।

    उनले भने, ‘एमाले फुटाउने काम सकिएछ अनि अध्यादेश फिर्ताको सूचना निकालियो ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार