Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • कांग्रेसका यी नेताहरु मन्त्री बन्ने पक्का, कुन समूहबाट को परे ?


    मंगलबार, असोज १२ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिए लगत्तै मन्त्रीपरिषद विस्तारको तयारी गरिएको छ ।

    गठबन्धनका दलहरूको आन्तरिक तयारी पुरा भएपछि केही दिनमै मन्त्रीपरिषदले पूर्णता पाउने नेताहरुले बताएका छन् । यस्तै गठबन्धनका दलहरुले आफ्नो पार्टीबाट सरकारमा जाने मन्त्रीहरुको नाम दिन थालेका छन् । 

    यसैबीच सत्तारुढ नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम भागबण्डाका आधारमा टुंगो लगाएको छ ।

    कांग्रेस सभापित तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेताबीचको अनौपचारिक छलफलमा मन्त्री बन्नेको टुंगो लागेको हो ।

    गठबन्धनमा भएको सहमति अनुसार कांग्रेसले प्रधानमन्त्रीसहित सात मन्त्री र एउटा राज्यमन्त्री पाएको छ । अहिले कांग्रेसबाट प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, परराष्ट्रमन्त्री डा.नारायण खड्का र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ छन् । अब कांग्रेसबाट तीन मन्त्री बन्ने छन् ।

    जसअनुसार पौडेल समूहबाट दुई र सिटौला समूहबाट एक जना मन्त्री बन्दैछन् । कांग्रेस स्रोतका अनुसार रामचन्द्र पौडेल समूहबाट दिलेन्द्रप्रसाद बडू र डा.मिनेन्द्र रिजाल मन्त्री बन्ने भएका छन् । रिजाललाई महामन्त्री डा. शशांक कोइरालाको पनि समर्थन छ ।

    कृष्णप्रसाद सिटौला समूहबाट भीमसेनदास प्रधान र उमाकान्त चौधरीमध्ये एक जना मन्त्री बन्ने भएका छन् । 

    यद्यपि बाँकी मन्त्री बन्नेहरूको मन्त्रालय भने टुंगो लागिसकेको छैन । गठबन्धनमा आबद्ध दलहरूसँगको छलफलपछि मात्रै मन्त्रालयको टुंगो लाग्ने बताइएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार