Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • एमालेको १० बुँदे कार्यान्वयन कार्यदलको संयोजकमा रावल, समितिमा शंकर पोखरेल पनि थपिए


    सोमबार, असोज ११ २०७८
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनका लागि बनेको कार्यदलको संयोजक भीम रावललाई तोकेको छ ।

    ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानम भएको बैठकमा पहिले निर्माण गरिएको कार्यदलमा शंकर पोखरेललाई थप गर्ने र संयोजकमा रावललाई बनाउने निर्णय गरेको हो । 

    कार्यदलका संयोजक रावलले मंगलबार नै त्यसको बैठक बोलाएकाे ले प्रचार विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

    एमालेका विवादरत नेताहरुबीच असार २७ गते १० बुँदे सहमतिसहित पार्टी २०७५ जेठ २ गते फर्काउने निर्णय  भएको थियो । तर केही स्थानमा १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै एमालेका असन्तुष्टि रहेको थियो । यसैलाई  हल गर्ने भनेर अध्यक्षले संयोजक भीम रावलला निर्देशन दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार