काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण गृहनगर भैरहवा र मणिग्राममा बारम्बार जाने गर्दछन् । तर रुपन्देहीको बुटवलमा भने उनको आउजाउ पातलो हुँदैगएको छ । २०७३ को स्थानीय र २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि खाण बुटवल जान छाडेका छन् । अर्को अर्थमा भन्दा उनी बुटवलमा कांग्रेस पंक्तिमै बहिस्कृत जस्तै छन् ।
२०७६ बैशाखदेखि कांग्रेसले सुरु गरेको १ बर्षे जागरण अभियानका क्रममा पनि मन्त्री खाण मणिग्राम र भैरहवा गए तर बुटवलमा गएनन् । उनलाई बुटवलका कांग्रेसले नबोलाएकाले उनी जागरण कार्यक्रममा मणिग्राम र भैरहवामा मात्र गएका थिए । २०७४ सम्म हरेक १५ दिनमा बुटवल पुग्ने गरेका मन्त्री खाण त्यसपछि जान छाड्नुको चुनावमा भएको घातप्रतिघातसँग जोड्न थालिएको छ । बुटवलको ज्योतिनगर र अन्य क्षेत्रमा तिनाउ नदीले गरेको कटान पीडितलाई भेट्न पनि गृहमन्त्री खाण गएनन् ।
२०७४ को प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार नभई समानुपातिकमा सुरक्षित बसेर सांसद भएका खाणले उक्त निर्वाचनमा कांग्रेसकै उम्मेदवार हराउन भूमिका खेलेको आरोप पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले लगाउँदैआएको छ । रुपन्देही—२ मा कांग्रेसका उम्मेदवार युवराज गिरी खाणको असहयोगले एमाले उपमहासचिव पौडेलसँग २२ हजार ६३ मतान्तरले पराजीत भएका थिए । पौडेल ४४ हजार ९ मत ल्याएर बिजयी भएका थिए । गिरीले २१ हजार ९ सय ४६ मत प्राप्त गरेका थिए ।
खाणले पार्टीका उम्मेदवार गिरीलाई सहयोग नगर्दा पौडेल आधाभन्दा बढी मतले बिजयी हुन पुगेकोमा खाण बिरोधी पक्ष रुष्ट रहँदैआएको छ । गिरी केन्द्रमा रामचन्द्र पौडेल समूहका भए पनि जिल्लामा खाणकै निकट नेता मानिन्छन् । तर आफ्नै निकट भए पनि उनलाई सहयोग नगरेको आरोप मन्त्री खाणले खेपेका छन् ।
बुटवल उपमहानगरपालिकाको निर्वाचनमा खेलराज पाण्डेलाई मेयरमा पराजीत गराउने भूमिका खेलेको आरोप खाणमाथि लाग्दैआएको छ । पाण्डे रामचन्द्र पौडेल समूहका नेता हुन् । पाण्डे नेपाली कांग्रस बुटवल उपमहानगरपालिकाका सभापतप हुन् ।
यसैबीच, मोतिपुर औद्योगिक क्षेत्र निर्माणको बिरुद्ध स्थानीय भड्काउने तत्कालीन अर्थमन्त्री बिष्णु् पौडेलमाथि ढुंगा हान्ने काममा खाणको हात रहेको आरोप छ । बिष्णु पौडेल निकटहरुले एमालेकै घनश्याम भूसालमाथि मोतिपुरमा स्थानीय उतारेको आरोप लाए पनि खेल भने खाणको रहेको विस्तारै खुल्न थालेको छ । बुटवलमा संस्थापन पक्ष बिरोधी नेताहरुमा खेलराज पाण्डे र हरि लम्सालहरुले खाणको भूमिकालाई लिएर उनलाई बुटवलमा स्वागत गर्न सकिरहेका छैनन् । उनी गृहमन्त्री भएपछि पनि बुटवलमा आवतजावत पातलो छ ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend