काठमाडाैं । जनता समाजवादी पार्टी नेपाल (जसपा) नेता डा. बाबुराम भट्टराईले एकीकृत माओवादी त्यागेको ६ वर्ष पूरा भएको छ ।
संविधान जारी भएपछि मधेसमा विरोध प्रदर्शन भइरहेका बेला भट्टराईले ९ असोज २०७२ मा पत्रकार सम्मेलनमार्फत एकीकृत माओवादी त्यागेको घोषणा गरेका थिए ।
संविधान घोषणा भएकै दिन संविधानसभा बैठकबाट बाहिरिँदा ‘अपूर्ण संविधान’ जारी गरेको बताएका उनले एमाओवादी त्यागेका थिए ।
उनले पाँच ‘स’ शान्ति, संविधान, सुशासन, समृद्धि र समाजवादी आफ्नो आगामी राजनीतिक एजेण्डा रहने बताएउँदै एमाओवादीसँगै संविधानसभा सदस्यबाट पनि राजीनामा दिएका थिए ।
पाँच वर्षमा चार पार्टी
संविधानसभाबाट संविधान जारीसँगै डा. भट्टराई चार पार्टीमा आबद्ध भए । संविधान जारी गर्दा एकीकृत माओवादीमा रहेका उनले ९ असोज २०७२ मा सो पार्टी त्यागे । जेठ २०७३ मा नयाँ शक्ति पार्टी नेपाल स्थापना गरे । पछि नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम नेपालबीच एकीकरण भयो ।
भट्टराईको नयाँ शक्ति र उपेन्द्र यादवको संघीय समाजवादी फोरमबीच एकीकरण गरेर समाजवादी पार्टी नेपाल गठन गरेका थिए । पछि समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच पार्टी एकता भयो । यी दुई पार्टीबीचको एकतापछि जनता समाजवादी पार्टी नेपाल गठन गरियो । अहिले भट्टराई अहिले जसपाको संघीय परिषद् अध्यक्ष छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend