Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सत्ता गठबन्धनको बैठक: अध्यादेश र मन्त्रिपरिषद् विस्तारबारे तत्काल निर्णय गर्न प्रधानमन्त्रीलाई दबाव


    आइतबार, असोज १० २०७८
    690
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू बालुवाटारमा छलफल गरेका छन् ।

    आज बिहान १० बजेदेखि ११ बजेसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूसँग छलफल गरेका हुन् ।

    छलफलमा सत्तारुढ गठबन्धनले राजनीतिक दलसम्बन्धी अध्यादेशबारे तत्काल निर्णय लिन र केही दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्रीलाई दबाव दिएका छन् । 

    गठबन्धनमा संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत जुटाएर दल विभाजन गर्ने गरी ल्याइएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने कि प्रतिस्थापन विधेयक ल्याउने भन्ने विवाद छ ।

    राजनीतिक दलसम्बन्धी अध्यादेश कायम रहँदासम्म मन्त्रिपरिषद् विस्तार गर्न नहुने जनता समाजवादी पार्टी (जसपा) को अडान लिएकाे छ ।

    अब अध्यादेश फिर्ता लिन नेकपा समाजवादीका नेताहरु सकारात्मक देखिएको भन्दै एक नेताले भने, ‘एकीकृत समाजवादी र जसपाका शीर्ष नेताहरुसँग छलफल गरेर टुंगो लगाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई जिम्मा दिइएको छ,’ उहाँले छिट्टै यो बिषयमा निर्णय गर्नुहुनेछ।’

    बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलगायतको सहभागिता थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार