काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव राजनीतिक दलसम्बन्धी अध्यादेशको कारण देखाउँदै सरकारमा जान ढिलो गरेपछि अहिले दाेहाेराे तनावमा छन् ।
एकातिर राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय नभई सरकारमा गए पार्टी फुट्ने डर छ । अर्कोतिर, सरकारमा जान ढिलो गरेपछि मन्त्रीका आकांक्षीहरूले दिनदिनै अध्यक्षलाई दबाब दिइरहेको स्रोतले जानकारी दिएको छ ।
जसपा टुक्रिदा महन्थ ठाकुरकाे साथ छाडेर मन्त्री हुनकै लागि कित्ता परिवर्तन गरेका सांसदहरूले मन्त्री हुन पाएनन् भने पार्टी फुटाउने अवस्था देखिन्छ ।
पुरानो राष्ट्रिय जनता पार्टी (राजपा) का ७ जना सांसद कित्ता परिवर्तन गरी उपेन्द्र यादवतिर लागेका छन् । तीमध्ये केहीलाई मन्त्री बनाउने आश्वासन अध्यक्ष यादवले दिएका छन् ।
त्यसमा पनि जस जसलाई मन्त्री बनाउने आश्वासन अध्यक्ष यादवले दिएका छन्, उनीहरू मन्त्री हुन पाएनन् भने यादवसँग चिढिने निश्चित छ । त्यसैले राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय नभएसम्म सरकारमा नजाने अडान यादवले लिएका छन् । जसपाका पाँच सांसदले चाहने बित्तिकै जसपा फुट्ने अवस्था छ ।
यस्तै पार्टीबाट कसलाई नेतृत्व गरेर पठाउने भन्ने विषयमा पनि पार्टीभित्रै विवाद छ । अध्यक्ष यादव आफैँ सरकारमा गए भने उनले नेतृत्व गर्नेछन् । तर, उनी गएनन् भने पार्टीबाट राजेन्द्र श्रेष्ठ, रेणु यादव र महेन्द्र यादवले पार्टीबाट नेतृत्व गर्दै सरकारमा जान इच्छा देखाएका छन् ।
संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीबाट नेतृत्व गर्दै श्रेष्ठलाई सरकारमा पठाउन चाहेका छन् । रेणु यादव तथा महेन्द्र यादव दुवैले आफैंले नेतृत्व गर्न चाहेका छन् । यादवनिकट स्रोतका अनुसार उपप्रधानमन्त्री नपाए उनी सरकारमा जाने छैनन् ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend