काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले नेता गोकुल बास्कोटामाथि कडा व्यंग्य गरेका छन् ।
वाईसीएलको पाँचखाल नगर सम्मेलन सम्बोधन गर्न काभ्रे पुगेका प्रचण्डले त्यहाँबाट निर्वाचित सांसद गोकुल बास्कोटा जोडिएको ७० करोड काण्डबारे चर्चा गरेका हुन् ।
प्रचण्डले सेक्युरिटी प्रेस खरिदको ७० करोड बार्गेनिङको प्रसंग निकाल्दै छानबिन गर्नभन्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले फसाएको भनेर बास्कोटालाई संरक्षण दिएको प्रचण्डले दाबी गरे ।
उनले भने – ‘ओली प्रम भएपछि भ्रष्टाचार गर्दिनाँ, गर्न दिन्नँ भने । सुन्दा योभन्दा राम्रो त कुरा हुँदैन । तर उनले आफूले गरेका भ्रष्टाचार ढाकछोपमात्रै गरे,’ उनले थपे, ‘काभ्रे जिल्लामा ७० करोडको कुरा त सुन्नु भएको होला । यो काण्ड प्रमाणित रूपमा आयो । मैले यस्तो विकृति विसंगति रोक्नुपर्छ भनेर ओलीलाई भने । तर ओलीले अकार्ले फसाएको हो भनेर उन्मुक्ति दिए । नांगै भ्रष्टाचार गर्ने, अनि गर्दिन गर्न दिन्न भन्ने ?’
उनले ओलीको पालामा सुरुदेखि नै भ्रष्टाचार भएको भन्दै उनको कार्यकालमा यति, ओम्नी, ७० करोड, खोपमा अनियमितता, वाइडबडी, जाँदाजाँदै बाजागाजामा करोडौंको भ्रष्टाचार गरेको बताए ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend