Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • सत्तारूढ गठबन्धनमा दरार सुरू, अध्यादेश खारेज नभई मन्त्री नपठाउने जसपाकाे अडान


    बुधबार, असोज ६ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सत्तारुढ गठबन्धनमा रहेकाे जनता समाजवादी पार्टी (जसपा)ले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म आफूहरू सरकारमा सहभागी नहुने बताएकाे छ ।

    जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभए बहुदलीय व्यवस्थालाई नै खारेज हुने भन्दै आफूहरू सरकारमा सहभागी नहुने बताएका हुन् । याे सँगै सत्तारुढ गठबन्धनमा दरार सुरू भएकाे छ ।

    ‘राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्नुको विकल्प छैन । त्यो खारेज नगरी हामीले मन्त्री पठाउने  कुरा हुँदैन,’ उनले भने ।

     ‘यसलाई आजै खारेज गर्ने कि भोलि प्रधानमन्त्रीले भन्नुहोला । यो खारेज हुन्छ,’ यादव भन्छन् ‘अध्यादेश खारेज गर्नुपर्छ भन्ने सहमति भएको छ । आजै हुन्छ कि भोलि मैले भन्न सक्दिनँ ।’ 

    प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागी हुने मन्त्रीहरूकाे नाम मागिरहदाँ जसपाले यस्ताे अडान सहित सरकारमा नजाने बताएपछि गठबन्धनमा दरार सुरू भएकाे सहजै महशुस गर्न सकिन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार